संसद्को कार्यकाल थप्नेगरि विद्येयक पेश भएकोमा निर्वाचन आयोगको आपत्ति, निकाल्यो विज्ञप्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७९, मंगलवार ०६:०३

काठमाडौं । निर्वाचन आयोगले सांसदको कार्यकाल निर्वाचनपछिसम्म हुनेगरि संघीय संसदमा विधेयक पेस भएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आज (सोमबार) आयोगले एक विज्ञप्ति जारी गर्दै २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा समेत व्यवस्था गरी सङ्घीय संसदमा विधेयक पेश भएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘निर्वाचनका लागि उम्मेदवार मनोनयन हुने दिनदेखि नै सभामुख तथा उपसभामुख पदमा नरहने संवैधानिक व्यवस्था भएको सन्दर्भमा प्रतिनिधिसभा वा प्रदेशसभाका अन्य सदस्यहरु सोही पदको लागि हुने निर्वाचनका लागि मनोनयनपत्र पेस गर्ने मितिपछिसम्म कायम रहने गरी कानुन संशोधन गर्नु उपयुक्त देखिँदैन

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१