सिट बाँडफाँट कार्यदलले प्रतिवेदन तयार पार्यो, शीर्ष नेतालाई बुझाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७९, मंगलवार ०५:५४

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको सोमबारको बैठकमा सिट बाँडफाँटको प्रतिवेदन शीर्षस्थ तहमा बुझाउने सहमति भएको छ ।

कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको बैठकमा १६५ निर्वाचन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भन्नेबारे छलफल भएको जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘‘शीर्षस्थ तहबाट कार्यदललाई जुन जिम्मेवारी वहन गर्न दिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा कसको के अवस्था छ, त्यसबारे छलफल गरेका छौं । भोलि फेरि छलफललाई निरन्तरता दिएर बैठक बस्छ ।’’

मन्त्री कार्कीले बैठकमा कार्यदललाई दिइएको जिम्मेवारी पूर्णरुपले वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमति भएको उल्लेख गरे । बैठकमा राजनीतिक परिस्थितबारे पनि छलफल भएको उनले जानकारी दिए ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा सञ्चारमन्त्री कार्कीसहित महामन्त्री गगनकुमार थापा सदस्य छन् ।

नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र वर्षमान पुन, एकीकृत समाजवादीबाट डा. वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१