बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७९, मंगलवार ०५:३४

काठमाडौँ। एक सातामा वाणिज्य बैंकहरुको ११ अर्ब रुपैयाँ निक्षेप थपिँदा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघकाअनुसार एक साताको अवधिमा वाणिज्य बैंकको निक्षेप ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ १० गतेसम्म ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकमा निक्षेप बढे पनि कर्जा प्रभाह १ अर्ब रुपैयाँले मात्रै बढेको छ । भदौ १० गते ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा १७ गतेसम्म १ अर्ब रुपैयाँले बढेर कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । संघका अनुसार भदौ १७ गतेसम्म बैंकको कर्जा–निक्षेप (सीडी रेसियो) ८८.२५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१