भारतीय स्थल सेनाध्यक्ष पाण्डे काठमाडौंमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७९, सोमबार ०४:१४

काठमाडौं। भारतीय स्थल सेनाका अध्यक्ष मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणमा औपचारिक भ्रमणका क्रममा पाण्डे आज नेपाल आइपुगेका हुन् ।

पाण्डेलाई मानार्थ प्रधानसेनापति उपाधि दिन नेपाली सेनाले बोलाएको हो । सोमबार सेनाले सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिँदैछ । पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पाण्डेलाई मानार्थ प्रधानसेनापतिको अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१