नुवाकोटको सुर्यगढ़ी पर्यटकीय क्षेत्र घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७९, आईतवार ०६:२२

नुवाकोट । नुवाकोटको सुर्यगढ़ी गाउपलिका वडा ५ स्थित चिसापानीलाई  ‘पर्यटकीय क्षेत्र’ घोषणा गरिएको  छ । स्थानीय सरकारले चिसापानीलाई पर्यटकीय क्षेत्रको रुपमा एक कार्यक्रम माझ घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व अर्थमन्त्री डा रामशरण महतको उपस्थितिमा  ‘पर्यटकीय क्षेत्र’ घोषणा गरिएको छ  प्रमुख अतिथि समेत रहेका महतले ‘पर्यटकीय क्षेत्र’ घोषणा  गर्दै पर्यटनको मुख्य आधार नै पूर्ण सरसफाइ र स्वच्छ वातावरण भएको बताए। जुनसुकै पर्यटकले पनि सरसफाइयुक्त वातावरण, बाटोघाटो, खाना, बास, शौचालय, स्नानगृह चाहने भएकाले सरसफाइलाई पर्यटनसँगै जोडेर अघि बढाउन महतले स्थानीयलाई सुझाव दिए।

सुर्यगढ़ी गाउपलिकाले चिसापानीलाई पर्यटकीय क्षेत्र घोषणा गर्न लागेको  गाउँपालिकाका अध्यक्ष सन्त बहादुर घलेले  जानकारी दिए । यसले सुर्यगढ़ी  गाउँपालिकाको पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित गर्न सहयोग मिल्ने उनको भनाइ छ ।  यहाँका पर्यटकीय क्षेत्रको व्यवस्थापनमा सहयोग पुग्छ,’ उनले भने, ‘प्रचारप्रसार हुन्छ, पर्यटक आवागमन बढाउने अपेक्षा छ ।’

चिसापानी मा बृक्षारोपण तथा पिकनिक स्थल र विश्व साइकल यात्री पुष्कर शाह ,वातावरण विद पि के शेर्पा लाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा सन्त बहादुर तामांग  ,उपाध्यक्ष मन्जु ढकाल ,वडा अध्यक्ष अच्युत ढकाल लगायतको उपस्थिति रहेको थियो ।

नुवाकोटका बासिन्दा सहित काठमाडौं देखि  घुम्न र वनभोज खान चिसापानी  पुग्ने गरेका छन् । हरियाली पहाडले घेरिएको  चिसापानी आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित बन्दै गएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१