गोकर्णेश्वर नगरपालिकामा अनुमति बिना डोजर र स्काभेटर प्रयोग गर्न रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७९, आईतवार ०५:४१

काठमाण्डौ । गोकर्णेश्वर नगरपालिकाले अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ । जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी औजारले पहिरो जाने सम्भावना उच्च भएको भन्दै नगरपालिकामा गुनासो आउन थालेपछि स्काभेटर प्रयोगमा रोक लगाइएको हो ।

नगरप्रमुख दीपक रिसालका अनुसार, “नगरपालिकामा सधिँयारको जग्गा, भवन तथा पर्खालमासमेत क्षति पुग्ने गरी डोजर र स्काभेटर प्रयोग गर्ने गरेको जनगुनासो आएपछि यसको प्रयोगलाई नियन्त्रण गर्न नगरको अनुमतिको प्रक्रिया अगाडि बढाइएको हो ।”

मेसिनको प्रयोग गर्नुपरेमा वडाध्यक्ष तथा नगरप्रमुखको अनुमति लिएर गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ ।

सुचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१