उदयपूरका १०१ बर्षका बलमानका १ सय बढी नातीनातिना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७९, आईतवार ०५:०७

उदयपूर । उदयपूर जिल्लाको त्रियुगा नगरपालिका वडा न ९ राजाबासका बलमान दनुवार अहिले १ सय १ बर्षमा टेके । उनि यस क्षेत्रको सबैभन्दा बढी उमेरका व्यक्ति हुन् । बलमानको अनुहारमा चाउरी परेको भएपनि उनि जवान जस्तै काम गरिरहेको भेटिन्छन् ।

मुखभित्र दुई दाँत मात्रै देखिने बलमान सबै खानेकुरा राम्रैसंग खानसक्ने बताउछन् । खाना मात्रै होइन् उनि माछा मासु र जाड (स्थानिय मदिरा) समेत खान्छन् ।

बलमान दिनभर व्यस्त देखिन्छन् । बाख्रा र कुखुरा चराउनमा व्यस्त हुने बलमान अन्य काम नभएका बेला खेतबारीको झार उखेल्ने, गुन्द्रुक बनाउने जस्ता काम गर्दछन् ।

१३ बर्षअघि श्रीमती गुमाएका बलमानका ६ छोरा र २ छोरी छन् । उनका सबैभन्दा जेठा छोरा अहिले ७० बर्ष पुगिसके । बलमानले दर्जनौँ नाती, पनाती र झरझर नाती गरि १ सय बढी नातीनातिना रहेको बताए ।

बलमानले अहिले आफ्नो कुरा अरुलाई बुझाउन दुईतिन पटक बोल्नुपर्ने हुन्छ । ‘१ बर्ष अघि सम्म बुवाले बोलेको कुरा प्रष्टै बुझिन्थ्यो अहिले बुझ्न थोरै समस्या हुन्छ ।’ उनका साइला छोरा बुद्धबीरले भने । ‘बुवाले जिवनमा धेरै दुख गर्नुभयो, उपभोग्य सामान ल्याउन लाहान जानुहुन्थ्यो । केहि समय भारत पनि जानुभयो ।

हामी ६ भाइमध्ये एक भाइले मात्रै ८ कक्षा पढेका छन् । अरुले ५पास पनि गर्न पाएनौँ ।’ ५१ बर्षिय बुद्ध १२ बर्ष कतारमा रोजगारी गरेर फर्केका हुन् । उनले भने,‘अहिले घरमा खानका लागि घरमै फलेको अन्न प्रयाप्त हुन्छ भने, पहिला पुग्दैनथ्यो ।’ १ सय बर्ष पार गरेका बुवा काम गरे सन्चो हुने भन्दै दैनिक घरायसी काम गरिरहने गरेको छोरा बुद्धको भनाई छ ।

बलमान आफु गाउँभरीकै बुढो मान्छे भएको बताउछन् । उनलाई आफ्नो उमेर समेत याद छैन् । तर आफु बैशाख महिनामा जन्मेको बताउछन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१