धनुषाका तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७९, बिहीबार ०५:५८

काठमाडौँ । धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेको छ । सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आज अदालतमा मुद्दा दायर गरेको हो ।

images

उनीहरुले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ । सो अवस्थामा उनीहरुले १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ सरकार रकम अनियमिता गरेको अख्तियारले दाबी गरेको छ ।

मुद्दा दायर हुनेमा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार शर्मा र लेखा सहायक हरिचन्द्र भुषाल छन् ।

अख्तियारले मुआब्जा रकम बुझ्ने गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन बीच विचौलियाको भूमिका निर्वाह गर्ने सुमनकान्त ठाकुर, नक्कली मोही बनेर रकम लिएको आरोपमा सूर्यनारायण लाल कर्ण, उनलाई सहयोग गर्ने भाइ उपेन्द्रलाल कर्ण कायस्थ, छोरा मनोजलाल कर्ण र श्रीमती बिन्दादेवी कर्णलाई पनि विपक्षी बनाइएको छ ।

यसैगरी जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार अविव साह, गुठी संस्थान धनुषाका कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसायी प्रमोदकुमार कर्णविरुद्ध पनि अख्तियारले मुद्दा हालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१