सरकारी खर्चमा मन्त्रालयभित्रै तीजको रमझम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७९, बिहीबार ०५:५७

काठमाडौं । खानेपानी मन्त्रालयले सरकारी खर्चमा मन्त्रालयभित्रै खानपानको व्यवस्थासहित तीज मनाएको छ ।
खानेपानी मन्त्रालयका निमित्त सचिव शोभाकान्त पौडेलको निर्देशन र अगुवाईमा मन्त्रालयकै सभाहलमा भदौ ८ गते बुधबार तीज मनाइएको हो । मन्त्रालयका सचिव मणिराम गेलाल मन्त्री उमाकान्त चौधरीसहित अमेरिका भ्रमणमा छन् । सचिव गेलाल नेपाल बाहिर गएपछि निमित्त सचिवको जिम्मेवारी पौडेलले सम्हाल्दै आएका छन् ।

images

मन्त्रालयको लेखा शाखाका अनुसार सहभागीहरुलाई खानपिनका लागि भौतिक मन्त्रालयमा रहेको क्यान्टिनबाट ५५ हजार बराबरको खानपिनका सामग्री मगाइएको थियो भने ८ हजार रुपैयाँको मिठाई बागमती स्वीट्सबार्ट अर्डर गरिएको थियो ।

यसैगरी पाँच हजार बराबरको चिसो पेयपदार्थ मगाइएको उक्त कार्यक्रममा महिला कर्मचारी ३० जनाको सहभागिता थियो भने त्यही हाराहारीमा पुरुष कर्मचारीको सहभागिता थियो । निमित्त सचिव पौडेलले महिला कर्मचारीलाई खुशी बनाउन मन्त्रालयकै खर्चमा १५ सय प्रतिगोटा पर्ने ३० वटा ब्याग खरिद गरी तीजको उपहारस्वरुप प्रदान गरिएको थियो ।

लूटको धन, फूपूको श्राद्ध भनेजस्तै सरकारी सम्पत्ति निजी सम्पत्तिसरह बाँडेका निमित्त सचिव पौडेलले तीज कार्यक्रममा अनिवार्य सहभागी हुन उर्दी समेत जारी गरेका थिए । महिला कर्मचारीहरुसँगै छमछमी नाचेका निमित्त सचिव पौडेलको उक्त कार्यक्रम आयोजनाप्रति मन्त्रालयकै कर्मचारीहरु समेत असन्तुष्ट छन् । विगतमा यस्ता शुभकामना आदानप्रदान गर्दा कालोचिया र बिस्कुटमा सकिने गरेकोमा मितव्ययी बन्न अर्थ मन्त्रालयले गरेको सर्कुलरको प्रतिकूल हुनेगरी यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

विगतमा आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भइसकेका पौडेल खानेपानी छिरेपछि उनको हैकम चल्दै आएको छ । उनका अगाडि मन्त्रालय सह–सचिवद्वय तिरेशकुमार खत्री र मीना श्रेष्ठ समेत निरीह देखिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१