फनपार्कलाई बालेन शाहले दिए २४ घण्टे अल्टिमेटम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७९, बिहीबार ०५:५१

काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा फनपार्कलाई विभागीय प्रमुख डा शिवराज अधिकारीले २४ घण्टे पत्र काटेका हुन् ।

महानगरपालिकाले भृकुटीमण्डपस्थित फनपार्कलाई तिर्न बाँकी रहेको कर आगामी २४ घन्टाभित्र बुझाउन निर्देशन समेत दिएको छ।

वर्षौदेखि महानगरलाई बुझाउनुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर तिर्न बाँकी रहेकाले पत्र पाएको मितिले २४ घण्टाभित्र जरिवानासहित दाखिला गर्न चेतवानी दिएको छ।

प्रतिक्रिया