चोलेन्द्रले खुलाए आफूमाथि महाभियोग लगाउनुको कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७९, बिहीबार ०५:३२

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिश समितिमा पुगेर बयान दिएका छन् । उनले न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको टिप्पणी गरेका छन् ।

आज (बुधबार) महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा राणाले यस्तो बताएका हुन् । यद्धपी उनले कार्कीलाई प्रधानन्यायाधीश बनाईनुपर्ने भनेर कसले प्रस्ताव ल्याएको भन्ने खुलाएनन् । उनले बयानको क्रममा आफू विधि र पद्धतिबाट आएको बताउँदै पार्टी र मिडियाको दबाबमा नगर्ने भनेर त्यतिवला जवाफ दिएको स्मरण गराए ।

यस्तै, जबराले आफूमाथिको महाभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार नै निष्क्रिय भइसकेको दाबी पनि गरेका छन् । उनले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् ।

उनले भने,”ममाथिको महाभियोग प्रस्ताव संविधानअनुसार नै निश्क्रिय भैसकेको छ । म त नागरिकका हिसाबले मात्र संसदको सम्मानका लागि समितिसमक्ष बयान दिन उपस्थित भएको हुँ । ममाथि लगाइएका अभियोग बेबुनियाद र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक छैन् ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१