प्रचण्डसहित माओवादी नेताहरुसँग राष्ट्रपति भण्डारीको नागरिकता विद्येयकबारे चासो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७९, बिहीबार ०५:२९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का नेताहरुसँग सामूहिक भेटवार्ता गरेकी छिन् । बुधबार शितलनिवासमा बोलाएर राष्ट्रपति भण्डारीले अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुलाई बोलाएर छलफल गरेकी हुन् । दाहालको सचिवालयकाअनुसार सो क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विद्येयकबारे चासो राखेकी थिईन् ।

भेटवार्ताबारे दाहालको सचिवालयले जारी गरेको विज्ञप्ती यस्तो छ-

अपराह्न राष्ट्रपति भवन शितल निवासमा सम्माननीय राष्ट्रपति र अध्यक्ष कमरेड प्रचण्ड नेतृत्वको टिमबीच भेटवार्ता भयो ।
भेटमा राष्ट्रपति ज्युले नागरिकता विधेयकबारे चासो राख्नुभयो। हाम्रो तर्फबाट अध्यक्ष कमरेड प्रचण्डले,-” वैवाहिक अंगिकृत नागरिकताको बारेमा राष्ट्रपति ज्युले राख्नु भएको चासो र हाम्रो धारणा समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन। यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं ।

सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ। तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलिजीले पेश गरि राष्ट्रपति(तपाई)द्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको छ। यसलाई अनावश्यक राजनीतिकरण गरिनु दु:खद छ” भन्दै पार्टीको धारणा राख्नु भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१