टाढा हुँदा यसरी राख्न सकिन्छ सम्बन्धलाई सुमधुर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७९, बुधबार ०५:४८

सम्बन्धमा टाढा हुँदा सधै सुमधुर बनाइराख्न निकै गाह्रो हुन्छ। सम्बन्धमा टाढा रहदा छुट्ने सम्भावना पनि बढी हुन्छ। सम्बन्धलाई बलियो बनाउन स-साना कुरामा ध्यान दिनुपर्छ।

दुरी हुँदा पार्टनरसँग बेला-बेला कुरा नहुन सक्छ। राम्रो ख्याल गर्न गाह्रो हुन्छ। जसले गर्दा सम्बन्धमा दुरी बढ्ने जोखिम हुन्छ। टाढै हुँदा पनि केही कुरामा ध्यान दिँदा सधै सम्बन्ध बलियो भइरहन सक्छ।

सम्पर्क गरिराख्ने

सधै मान्छेको एउटै परिस्थिति हुँदैन। कहिले कामको शिलसिलामा त कहिले कुनै कारणमाले मानिसले टाढिनुपर्ने हुनसक्छ। यस्तो अवस्थामा सम्बन्धलाई बलियो बनाउन कम्युनिकेशन गरिराख्नुपर्छ।

समय-समयमा पार्टनरलाई फोन गर्ने। म्यासेन्जरमा कुरा गरिराख्ने गर्नुपर्छ। यसले टाढैबाट एकले अर्काको ख्याल गरेको महशुस बढाउँछ। र, सम्बन्धलाई बलियो बनाइराख्छ।

कहिले काहि व्यस्तताले फोन गर्न सकिँदैन। तर, समय निस्किने बित्तिकै फोन गरेर आफ्नो व्यस्ता बारे भनेमा पार्टनरमा टाढै भए पनि प्रेम बढिरहन्छ। टाढा हुनपुगेका जोडि बिच लामो समयसम्म कम्युनिकेशन हुनसकेन भने सम्बन्धमा दरार आउने जोखिम हुन्छ।

भिडियो कलमा कुरा गर्ने

लामो दुरीको सम्बन्धलाई बलियो बनाउन भिडियो कलमा कुरा गर्नुपर्छ। लामो दुरीको सम्बन्धलाई सधै एकै नासको बलियो बनाउन चाहनुहुन्छ भने दिनमा एक पटक समय निकालेर भिडियोकल गर्नुपर्छ। यसले टाढैबाट आत्मियता बढाउन मद्दत गर्छ। अचेल धेरै सम्बन्धहरू समय दिन नसकेकै कारण टुट्ने गरेका हामीले देखिरहेका हुन्छौं।

तस्बिर आदानप्रदान गरिराख्ने

दुरीमा रहेको सम्बन्धलाई बलियो बनाउन पार्टनरलाई आफ्ना तस्बिर पठाइराख्नुपर्छ। सधै बिहान एउटा तस्बिर आफ्नो पार्टनरलाई पठाएर खुशी राख्न सकिन्छ। तस्बिर देख्दा तपाइको पार्टनरलाई तपाइको याद आइरहनसक्छ। आफ्नो पार्टनरलाई पनि तस्बिर पठाइराख्न भन्नुपर्छ। यस्तो गर्दा तपाइको सम्बन्ध बलियो हुनसक्छ।

भेट्घाटका लागि समय निकाल्ने

समयसँगै टाढा हुनुपरे पनि बेला-बेला भेटघाटका लागि समय निकालिराख्नुपर्छ। विदाको प्लान गर्दै रमाइलोका लागि पार्टनरसँग समय छुट्याउनुपर्छ। लामो समयपछि भेट हुँदा कतै रमाइलो ठाउँमा घुम्नजाने योजना बनाउनुपर्छ। छुट्टि प्लान गर्दा पार्टनरसँग समय बिताउने मौका मिल्छ। जसले सम्बन्धमा मजबुदता ल्याइदिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१