प्याज खादा हुने १० फाइदाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७९, बुधबार ०५:२५

विश्वमा सबैभन्दा बढि खाइने तरकारीमा प्याज पनि पर्दछ । विश्वका प्राय सबै भान्सामा प्याजको प्रयोग हुन्छ । तर कतिपयले यसको गन्धका कारण यसको सेवनबाट हच्किने गर्दछन् । तर प्याज सेवनका फाइदा भने अनगिन्ती छन् ।

प्याज स्वादिलो र राम्रो तरकारी मात्र होइन, अति राम्रो औषधि पनि हो । प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी) समेत पर्याप्त मात्रामा हुन्छ । यसका साथै प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पनि हुन्छ ।

प्याजमा गन्ध हुनुमा यसमा एनप्रोपाइल डाइसल्फाइड कारक हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ । तर यसको सेवनले भने स्वास्थ्यमा धेरै लाभहरु दिलाउँछ ।

१. चिकित्सकका अनुसार प्याजको नियमित सेवने ग्यास्ट्रिक, अल्सरबाट हुनबाट बचाउँछ ।

२. यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुन्छ ।

३. प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुन्छ ।

४. यसले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ ।

५. यसमा हुने एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणले संक्रमणको जोखिमक कम गर्दछ ।

६. यसको सेवन अजीर्ण, खाना नरुच्ने, नपच्ने र झाडापखालामा पनि उपयोगी हुन्छ ।

७. प्याजलाई जीवाणुरोधी, तनावरोधी, पीडानाशक समेत मानिन्छ ।

८. यसको सेवनले मधुमेह, पत्थरी र वाथमा समेत उपयोगी मानिन्छ ।

९. प्याजको सेवनले शरिरमा हुने गर्मीमा नियन्त्रण पाउन सकिन्छ ।

१०. यसको सेवनले राम्रो निन्द्रा पर्ने जनविश्वास समेत छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१