रौतहट, भदौ। रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एकै गाउँका तीन महिलाको ज्यान गएको छ ।
जिल्लाको गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँका महिलाको मृत्यु भएको हो । खेतमा काम गरिरहेका उनीहलाई आज बिहान ८ बजे चट्याङ लागेको थियो ।
चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकी ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारका रहेको बताए ।
चट्याङ लागेर घाइने भएकी सोही गाउँकी ४० बर्षिया सैलिदेवी सामान्य घाइते भएकी छन् ।
प्रतिक्रिया