किन नेपाल आउँदैछन् भारतीय सेनापति पाण्डे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७९, बुधबार ०५:०३

काठमाडौं । भारतका स्थल सेनाका प्रधानसेनापति मनोज पाण्डे नेपाल आउनलाग्दा चासो बढेको छ । १९ भाद्र देखि २३ भाद्रसम्म नेपाल रहने पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा प्राप्त गर्नेछन् ।

नेपाली सेना र भारतीय सेनाका प्रमुखहरु एक अर्का देशको सेनाको मानार्थ सेनापति रहने परम्परा रहँदै आएको छ । यसअघि प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हालेपछि प्रभुराम शर्माले भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ सेनापतिको दर्जा प्राप्त गरेका थिए ।

नेपाली सेना र भारतीय सेनाबीच विशिष्ट सम्बन्ध रहँदै आएको सैन्य क्षेत्रका जानकारहरुले बताउने गरेका छन् । दुई देशको सेनापति एक अर्को देशको मानार्थ महारथी रहने प्रचलन पृथक हो ।

दुई देशबीच सैन्य तहको सम्बन्धले समस्याहरु पर्दा समाधानका लागि भूमिका खेल्ने गरेको छ । महाभूकम्प २०७२ मा सैन्य तहको विशिष्ट सम्बन्धकै कारण भारतले तत्काल उद्धारका लागि सहयोग पठाएको थियो । नाकाबन्दीको समयमा सैन्य तहबाटै समस्याको समाधान निकाल्ने काम भएको बताउने गरिएको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको भारत भ्रमणलगत्तै नाकाबन्दीको समस्या हल भएको थियो ।

नेपाल र भारतबीच तालिम तथा सैन्य सहयोग आदानप्रदान हुने गरेको छ । पहाडी युद्धमा अब्बल नेपाली सेनासँग भारतीय सेनाले बेला बेलामा संयुक्त अभ्यास गर्दै आएको छ । दुई देशबीच बेला बेलामा कुनै समस्या आएमा सैन्य तहबाट समेत समाधानको उपाय खोजी हुने गरेको इतिहास साक्षी छन् ।

जनरले पाण्डे ३० अप्रिल २०२२ बाट भारतको सेनापति छन् । उनी इञ्जिनियरिङ्ग पृष्ठभूमिका हुन् । उनीसँग अपरेशन पराक्रम अन्तर्गत जम्मु काश्मिर क्षेत्रको पलनवाला क्षेत्रमा इञ्जिनियरिङ्ग रेजिमेन्टको कमान्ड सम्हालेको अनुभव छ ।

बेलायतबाट कमाण्डरको तालिम लिएका पाण्डेले राष्ट्रिय प्रतिरक्षा कलेजबाट अध्ययन गरेको भारतीय सेनाले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघको मिसनमा इथियोपिया र इरिट्रियामा पनि सेवा गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१