यी ४ गल्तीले मानिसलाई जीवनभर सफल हुन दिँदैन, सधैं समस्यामा रहन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७९, सोमबार ०५:५३

धार्मिक व्यूरो । महात्मा विदुर एक महान विचारक र दूरदर्शी थिए। उनको बुद्धि निकै तेज थियो ।

यही विशेषताका कारण उनी समयभन्दा अगाडिको अवस्थाको भविष्यवाणी गर्थे ।

महाराज धृतराष्ट्रसँगको संवादको बेलामा हरेक व्यक्तिको जीवनमा धेरै उपयोगी हुने कुराहरू बोल्थे । महात्मा विदुरको विदुर नीतिमा यस्ता ४ गल्तीहरु उल्लेख गरिएको छ जसले मानिसलाई सफल हुन दिदैन ।

 

दृढ संकल्पको अभाव

यदि कुनै व्यक्तिले सफलता लिनु छ भने उसको लक्ष्यप्रति दृढ संकल्प हुनुपर्छ।

सबैभन्दा पहिले आफ्नो मनबाट असफलताको डर हटाउनुपर्छ किनभने असफलताको डरले गर्दा मानिसले आफ्नो काम पूरा लगनशीलता वा पूर्ण समर्पणका साथ गर्न सक्दैन । जुन काम आधा मनले गर्दा हुन्छ, त्यस्ता काममा सफलता मिल्दैन ।

कसैको नक्कल गरेर काम नगर्ने

कसैको नक्कल गरेर कुनै पनि काम सुरु नगर्नुहोस्। हरेक व्यक्तिले आफ्नो क्षमता अनुसार काम रोज्नुपर्छ । कुनै पनि काम सुरु गर्नु अघि, यी प्रश्नहरू निश्चित रूपमा व्यक्तिले आफैलाई सोध्नु पर्छ। मैले यो काम किन गर्नु पर्छ ? के फल मिल्छ र म यो काममा सफल हुनेछु ? यदी यी प्रश्नको उत्तर सकारात्मक छ भने यो काम सुरु गर्नुहोस् किनकि बिना सोचेर गरेको कामले असफलता दिन्छ ।

कडा मेहनत गर्नुहोस् र गल्तीहरू सुधार्नुहोस्

बिचमा कुनै पनि काम अधुरो नराख्ने । गल्तीबाट सिक्नुहोस् र कडा मेहनत गरिरहनुहोस्। तब मात्र सफलता मिल्नेछ। कामलाई बिचमा अधुरो छोडेर मानिस सफल हुँदैन र असफलताको पीडा सधैं सहन्छ ।

योजना साझा नगर्नुहोस्

कुनै पनि काम सुरु गर्नुअघि त्यसको योजना तयार गर्नुपर्छ । यससँगै यो योजना कसैलाई पनि बाँड्नु हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१