यो कुरा ध्यान नदिए ओठमा गम्भीर असर : कसरी लगाउँने लिपिस्टिक ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७९, सोमबार ०५:४८

काठमाडौं । डिजिटल मिडिया जीवन जगत सिकाउने माध्यमपनि हो । हामी मानवीय जीवनसँग सम्बन्धित विषयबस्तु र सामाग्रीहरु पस्किएर पाठकलाई जानकार गराउँन प्रयासरत छौ ।

आज हामी लिपिस्टिकका बारेमा चर्चा गर्दैछौ । सुरुमा नै भन्छौ, सधैं ब्राण्डेड कम्पनीको लिपिस्टिक लगाउँनुहोस्, कम गुणस्तरको लिपिस्टिकले तपाईंको ओठलाई नै असर पर्छ । लिपिस्टिक लगाउँनुअघि ओठलाई राम्रोसँग धोएर सफा गर्नु आवश्यक हुन्छ ।

 

आफ्नो रुप, रंग तथा मौसमअनुसार लिपिस्टिक लगाउँनुहोस् । लिपिस्टिक प्रयोग गर्नुपूर्व एलर्जी टेष्ट अवश्य गर्नुस् । जुन लिपिस्टिकले एलर्जी हुन्छ, त्यो कहिल्यै प्रयोग नगर्नुस् । सम्भव भएसम्म अर्को व्यक्तिको लिपिस्टिक प्रयोग नगर्नुस् ।

लिपिस्टिक प्रयोग गर्ने सही तरिका

सबैभन्दा पहिले ओठलाई रुईलाई काचो दुधमा भिजाएर सफा गर्नुस् । टिस्यु पेपरले ओठमा हल्का फाउण्डेशन लगाउनुहोस्, त्यसपछि एकपटक हल्का रुपमा पाउडर लगाउनुस् ।

लिप पेन्सिलले ओठलाई सही आकार दिनुस्, लिपिस्टिकलाई हल्का हातले लगाउँनुस् । ब्रसको सहायताले लिपिस्टिकलाई भर्नुहोस् ।

काममा निस्कनुहुँदैंछ भने सधैं हल्का रंगको लिपिस्टिक लगाउँनुहोस् । गहिरो रंगको लिपिस्टिक रातीमात्रै ठीक हुनछ । सुत्नेबेलामा लिपिस्टिक निकाल्न नभुल्नुहोला ।

दुधले हटाउँनु राम्रो हुन्छ । दुध ओठका लागि राम्रो मोस्चराइजरको पनि काम गर्छ । लिपिस्टिक उतारेपछि थोरै दूधको तर र घिउले हल्का मालिस गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१