सामूदायिक भवनमा पहिरो खस्दा आमाछोरीको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७९, सोमबार ०५:३१

काठमाडौं । रुकुम पश्चिममा एक सामुदायिक भवन भत्किदा आमाछोरीको मृत्यु भएको छ । रुकुम आठबिसकोट नगरपालिका १४ को पिपलचौरमा पहिरोले सामुदायिक भवन भत्काउँदा जाजरकोटको नौगाड नगरपालिका १ की ३२ वर्षीया बालमती राना र उनकी छोरी २ वर्षीया प्रतिक्षा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

आइतबार दिउँसो अविरल वर्षाको क्रममा पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमाथि पहिरो खस्दा भवनभित्र ओत लाग्न बसेका आमा–छोरीलाई सो पहिरोले किचेर मृत्युु भएको हो ।

सँगै रहेकी बालमतीकी अर्की छोरी ७ वर्षीया तिर्सना राना घाइते भएकी छिन् । भवन भत्किँदा घाइते भएका तीनै जनालाई प्रहरीले उद्धार गरी जाजरकोटस्थित जिल्ला अस्पतालमा लगेको थियो । त्यस क्रममा जाजरकोट जिल्ला अस्पतालका चिकित्सकले घाइतेमध्ये बालमती र उनकी छोरी प्रतिक्षाको मृत्यु भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१