शिक्षामन्त्रीलाई नेविसंघको कडा ध्यानाकर्षण, माग सम्बोधन नगरे आन्दोलनमा उत्रिने चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७९, सोमबार ०५:११

काठमाडौं। नेपाल विद्यार्थी संघले २९ बुँदे माग राखेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा गएको टोलीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पौडेललाई विद्यार्थीका समस्याबारे ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

विद्यार्थीको हातहातमा पाठ्यपुस्तकको पहुँच नपूग्ने र जसोतसो उच्च शिक्षा हासिल गर्ने र गुणस्तरीय पठनपाठनको अभावमा विदेशीनु पर्ने बाध्यता मुल विद्यार्थीको समस्याको रुपमा देखिएको नेविसंघले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
त्यस्तै, नेविसंघले समग्र शैक्षिक विकासका लागि केही तात्कालिक तथा संरचनागत समस्याहरुको सम्बोधन गर्न भन्दै नेविसंघले २९ वटा माग अघि सारेको छ ।

एस.ई.ई.परीक्षा उत्तिर्ण गरी कक्षा ११ मा भर्ना भएका सम्पुर्ण विद्यार्थीकको भर्ना शुल्क ५० प्रतिशतले मिनाहा गर्नुका साथै नामावली सार्वजनिक गर्न पनिे माग गरिएको छ ।

यसैगरी, दैनिक मजदुरी गरेर जीविकोपाजर्न गर्दै आएका अभिभावकहरुको सन्तानले शैक्षिक संस्थामा सहुलियत शुल्कमा अध्ययन गर्न पाउने व्यवस्था मिलाउनुपर्नेमा नेविसंघले जोड दिएको छ । साथै, अध्यक्ष शेर्पाद्धारा जारी पत्रमा माग यथाशक्य सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने समेत चेतावनी दिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०