अब सत्यको अन्त्य होइन, सुरुवात चाहि भएको छ हरिचरण साह : अध्यक्ष एवं सभासद ,नेपाली जनता दल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ आश्विन २०७१, शुक्रबार ०८:३३
बसन्त परियार, काठमाडौं 
२०५० साल चैत्र २४ गते भारतीय जनता दलका तत्कालीन रेलमन्त्री रामविलास पासवान, नारदमणी कुशवाहा, शरद यादव, देवेन्द्र यादव, रामबावु गुप्ता लगायत एक दर्जन पत्रकारहरु सहित नेपाली जनता दल (तत्कालिन युनाइटेड पिपुल्स पार्टी) तथा राष्ट्रिय आरक्षण मोर्चाको निमन्त्रणामा काठमाडौं आइपुगेको राजनीतिक डेलिगेशनले भृकुटी मन्डपको हलभित्र दुई दिने बन्त्रसत्र तथा अन्तिम तेस्रो दिन ट“ुडीखेलको खुल्लामञ्चबाट घोषणा भए अनुसार “नेपालमे अगर सात समुन्द्र पारसे माक्र्सवाद, लेलिनवाद और हिमालयके उसपाससे माओवादको वकालत होसकता है तो हमारे रोटी और वेटीका सम्बन्ध, खुल्ला सिमानेका खुल्ली हवाके अन्तर्गत नेपाल और भारतकी बिचकी राजनीतिक परिवेशमे डा. राममनोहर लोहिया, जयप्रकाश नारायण, कर्पुरि ठाकुर की – जनतावाद और मानवतावाद, सामाजिक न्याय एवं जातिवादिय बिभेदका अन्त्य Social Engineering  का सिद्धान्त क्योैेंै नहिं अवलम्बन कियाजासक्ता हे”। 
गन्दीनाली साफ  कर्नेवाले , सडकपर झाडू लगानेवाले,  ट्वालेट साफ कर्नेवाले, यान्त्रिक उपकरण बनानेवाले, कपडा सिलानेवाले(दर्जी), जुत्ता पयैरकी रक्षाहेतु बनानेवाले (साकी–चमार), संगितकी मधुरधुन बजानेवाले  ( दमाइर्, गाइन,े  दुसाध) एवं तमाम दलित शोषित पीडित उपेक्षित गरिब समुदाय को राजनीतिक हिस्सेदारी के बिना शक्तिमान कैसे हो सकतिहै ? यसलिए भारतके जैसे  मजुदा जातीय बिभेद की मनुस्मृति सिद्धान्तसे ग्रसित सामाजिक ब्यवस्था हि पडोसि देश नेपाल कि यी कलंक है । अतः “हम उस घरमे दिपक जलाकर उज्जाला करने आए है जहा सदियों से अन्धेरा रहा है ।” इसलिए विश्वका सबसे बडा लोकतान्त्रिक संघिय गणतन्त्र भारतमा संविधान निर्माता “बाबा साहेव भीमराव अम्वडेकर” का सन्देश लेकर आए हैं । उपरोक्त भनाई राख्दै  नेपालमा पहिलो पटक तमाम नेपाली हिमाल, पहाड, तराई– मधेशमा,मनुस्मृति द्धारा बिभाजित ब्राम्हण– क्षेत्री– बैष्य– शुद्रमा बर्गिकरण गरि, महिलालाई घरेलु दास बनाई, पिछडा वर्ग वैष्य र शुद्र तथा गरिब ब्राहमण, क्षेत्रीहरुलाई पनि राजनीतिमा हिस्सेदारीको लागि क्रान्तिको राजनीतिक विगुल (शंखनाद) फुक्नु भएको थियो ।
यदि ईश्वर छन भने यस पृथ्वीमै छन् र आम नेपालीको शोषित पिडितको सपना साकार पार्ने लक्ष्यका साथ खडा भएको नेपाली जनता दलको सपना पुरा भएको  छ । त्यो सफलता हो, २०७१/०६/१५ गते (१ अक्टोवर २०१४ ) गोरखापत्रको पहिलो पृष्ठ (फ्रन्ट पेज ) को समाचार जसमा उल्लेखित छ  “पुर्ण समानुपातिक निर्वाचन प्रणाली उपर्युत्त” हुने सल्लाह दिनुहुने निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उपे्रती लगायत स–परिवारलाई धन्यवाद दिन चाहन्छु ।
२१ व्ँर्ष अगाडी  हरिचरण साहले यहि मुद्धा लिएर निर्वाचनमा होमिएका थिए । २०५१ सालको महा निर्वाचनमा क्रमशः   रौतहट– १ मा राम दुलारीदेवी साह , दोलखा– २ हरिचरण साह , मकावनपुर– २ इमानसिंह लामा, सर्लाही –१ म युद्धवीर लामा, सर्लाही –४ रामप्यारे हजारा  पासवान,सर्लाही –५ मा लोहासिंह पासवान , बर्दिया–१ धनसरा विश्वकर्मा (सुनार), सप्तरीमा राजाराम ठाकुर(हजाम), महोत्तरी– १ मा जगदिश दास दलित , काठमाडौं –३ मा गोबिन्द  अधिकारी, सिन्धुपाल्चोक– ३ मा रतन लामा लगायत दाङका बिजुल विश्वकर्माहरुले निर्वाचन लड्दै सामाजिक न्यायका लागि राजनीतिक क्र्रान्तिमा भाग लिएका थिए ।
तत्कालिन अवस्थामा हरिचरण साह लगायतका नेताहरुले रौतहटमा भाषणको क्रममा “राजा कभी पेट से पैदा नहि होता । राजा (नेतृत्व) जनताद्ध्रारा निर्वाचित होनि चाहिए ।” भनेकोे आरोपमा तत्कालिन कृष्णप्रसाद भट्टराईको रौतहट गौरको आमसभा बिथोलिन्छ कि भन्ने डरले शाही सैनिक- प्रहरी प्रशासनल ५ जना केन्द्रिय नेता लगायत स्थानीय नेता र मित्र राष्ट्र भारतका बिभिन्न दलका विशिष्ट नेताहरु ग्रि २१ जनालाई गौर जेलमा कोचेका थिए । जातपात र जातिय साम्प्रदायिकको आरोपमा राजद्रोहको मुद्धा पनि लगाउन खोजियो । त्यसरी तत्कालीन अवस्थामा कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यको गौरको आम सभा सिध्याएर केहि लोकतान्त्रिक नेताहरुको आग्रहमा हामीलाई छोडियो, साह भन्छन् । नत्र उत्पीडित समुदायको आन्दोलन उहिल्यै उत्कर्षमा पुग्दथ्यो ।
मान्छेहरु भन्छन् , दिवा सपना देख्छस् ्र तर आज हरिचरण साहको दिवा सपना पुरा भएको छ । जोे प्रमाण स्वरुप निर्वाचन आयोगले निर्वाचन प्रणाली सम्बन्धि सल्लाहमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पुर्ण समानुपातिक निर्वाचन प्रणालीबारे दुई दशकदेखि वकालत गर्दै आउनु भएका हरिचरण साहको दर्ज(रेकर्ड) गरिएको सो समितिमा क्षेत्रीय, जातिय जनसंख्याको आधारमा राज्यको तीन वटै  अंग ब्यवस्थापिका, कार्यापालिका र न्यायपालिकामा पुर्ण समानुपातिक निर्वाचन प्रणाली सिद्धान्त मार्फत समावेशी समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने जोडदार कसरतको कारण राज्यले हजारौं वर्ष देखिको रोगको निदान गर्नको खातिर एक मात्र औषधी पुर्ण समानुपातिक सिद्धान्तलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेती, आयुक्तहरु दोलखबहादुर गुरुङ, डा. रामभक्त पी.भी.ठाकुर, इला शर्मा र सहसचिव श्रेष्ठ लगायत निर्वाचन आयोगका तमाम् सदस्यहरुले सो सल्लाह सुझाव दिएका छन् । उहाहरु सबैलाई म / हामी नेपाली जनता दलको अध्यक्ष एवं सभासद हरिचरण साहको तर्फबाट मुरीमुरी धन्यबाद दिन चाहान्छु ।
  म आज भन्दा २० वर्ष अगाडीको यहि गोरखापत्रकै मुख पृष्ठकै एउटा समचारको स्मरण गरौं कि –२०५१ पुस÷माघको अंक हुनुपर्छ । माथि उल्लेखित जुनकुरा मैले गरेको थिए । त्यतिखेर मलाई जातपातको कुरा गर्ने साम्प्रदायिक भएको आरोप सहितको समाचार छाप्ने गोरखापत्र आज २० वर्ष पछि स्वयम् साम्प्रदायिक भएको छ, साहले ब्यङ्यात्मक शैलीमा स्मंरण गरे ।
“संसार में वह शक्ति मौजूद है जो सत्य को विजय दिलाती है। वह सर्वव्याप्त है,
हर प्राणी के अन्दर है। सत्य हमारे साथ है, इसलिए हमारी विजय निश्चित है। सत्य
की रक्षा के लिए ईश्वर की अनन्त शक्ति हमारे भीतर है, और उसके द्वारा संसार के
हर काम को हम सफल कर सकते हैं। यह विश्वास रखकर हम आगे बढ़ें। हाँ, कभी-कभी
हमारे धैर्य की परीक्षा होती है, हमारी दृढ़ता की परीक्षा होती है, पर अन्ततः
सत्य सदैव जीतता ही है।”
त्यसैले सत्यको अन्त्य भएको होईन, सुरुवात चाहि“ भएको छ । हेर्नुहोसः गोरखापत्रको २०७१ असोज १५ को पहिलो पेज ।

‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली उपयुक्त’
गोरखापत्र, नारद गौतम काठमाडौँ, असोज १५ गते ।
निर्वाचन आयोगले नयाँ संविधानमा ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली’ अवलम्बन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, आयुक्तहरू दोलखबहादुर गुरुङ, डा। रामभक्त पी।भी। ठाकुर, इला शर्माले मङ्गलबार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराईलाई नयाँ संविधानमा निर्वाचन प्रणालीबारे दिएको सुझावमा यस्तो कुरा उल्लेख छ ।
आयोगले विगतका संविधानसभामा अपनाइएको निर्वाचन प्रणालीमै दलहरूबीच सहमति भएमा त्यसमा सुधार गर्नुपर्ने नत्र नयाँ निर्वाचन प्रणालीमा नै जानु उपयुक्त हुने सुझाव दिएको छ ।  आयोगका प्रवक्ता एवं सहसचिव मातृकाप्रसाद श्रेष्ठका अनुसार, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा आममतदाताको मतदानबाट एक पद वा स्थानका लागि मात्र गरिने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने बहुमतीय निर्वाचन प्रणाली नै प्रयोग गरिन्छ ।  यसमा कुनै उम्मेदवारले पनि पूर्ण बहुमत प्राप्त नगरेको अवस्थामा पहिलो र दोस्रो स्थानमा प्राप्त गर्ने उम्मेदवारका बीच पुनः निर्वाचन गरी बहुमत प्राप्त उम्मेदवार विजयी घोषणा गरिन्छ ।
संविधानसभामा भइरहेको छलफल र सम्भावित सहमतिको अवस्थालाई विचार गर्दा आगामी राष्ट्रिय तथा प्रान्तीय÷राज्यस्तरीय निर्वाचनमा मिश्रित सदस्यीय समानुपातिक निर्वाचन प्रणाली प्रयोग गर्नु उपयुक्त हुने सुझाव दिइएको छ ।
नेपालले संविधानसभाका दुवै निर्वाचनमा प्रयोगमा ल्याएको समानान्तर मिश्रित निर्वाचन प्रणाली हो ।  यस प्रणालीबाट अर्धसमानुपातिक परिणाम मात्र आउन सकेको छ ।  मिश्रित सदस्यीय समानुपातिक निर्वाचन प्रणालीमा राजनीतिक दलले प्राप्त गर्ने परिणाम पूर्ण समानुपातिक रहन्छ ।  यद्यपि त्यो समानुपातिकता दलहरूले प्राप्त गरेको मतको हदसम्म मात्रै सीमित रहन्छ ।  यस प्रणालीमा ठूला दलले पहिलोमा जस्तो थप स्थान प्राप्त गर्न सक्दैनन् ।
यस संविधानसभाको निर्वाचनमा प्रयोगमा ल्याइएको समानुपातिक निर्वाचन प्रणालीमा देखिएका विसङ्गति हटाउन र दलले प्राप्त गरेको मतलाई न्यायोचित स्थानमा परिणत गरी राजनीतिक दलको हकमा पूर्ण समानुपातिक बनाउनका लागि मिश्रित सदस्यीय समानुपातिक निर्वाचन प्रणाली ९एमएमपीआर० प्रयोग गर्नु उपयुक्त हुने आयोगको सुझाव छ ।
एक पदका लागि हुने निर्वाचनमध्ये राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको पदमा बहुमतीय र अन्य एकपदीय स्थानहरूमा बढी मतीय प्रणालीअनुसार प्रत्यक्ष प्रणाली अवलम्बन गर्न सुझाव दिइएको छ ।
यसैगरी, समानुपातिकता, समावेशिता र भौगोलिक प्रतिनिधित्वसमेतलाई सुनिश्चित गर्नका लागि बहुक्षेत्रीय, बहुसदस्यीय क्रमबद्ध बन्द सूचीमा आधारित पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न आयोगको राय छ ।
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा सहमति नभएमा विगतका संविधानसभा सदस्यको निर्वाचनमा प्रयोग भएको प्रणालीमा रहेका कमी कमजोरीलाई सुधार गरी मिश्रित सदस्यीय समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न उपयुक्त हुनेछ ।  यसो गर्दा उम्मेदवारको बन्दसूचीको विजोड सङ्ख्यामा महिला रहने गरी सबै वर्गको प्रतिनिधित्व सुनिश्चित हुने गरी राख्न भनिएको छ ।  आयोगले विगतका
निर्वाचनमा प्रतिनिधित्व हुन नसकेका आदिवासी÷जनजाति, दलित, मधेसीलगायतलाई जनसङ्ख्याको आधारमा यथासम्भव समानुपातिक हुने गरी न्यूनतम आरक्षण ९कोटा० निर्धारण गरी समानुपातिकता र समावेशितालाई सुनिश्चित गर्न सुझाइएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्पm तीन प्रतिशत मत प्राप्त नगर्ने दलले सङ्घीय व्यवस्थापिका तथा प्रान्तीय प्रादेशिक संसद्मा प्रतिनिधित्व गर्न नपाउने गरी न्यूनतम सीमा ९थ्रेस होल्ड० कायम गर्नुपर्नेमा आयोगको जोड छ ।
आयोगले प्रत्यक्षतर्फ एकभन्दा बढी स्थानमा उम्मेदवार हुन नपाउने र एउटै व्यक्ति एकै समयमा एकभन्दा बढी निर्वाचन प्रणालीतर्पm उम्मेदवार हुन नपाउने व्यवस्था राख्न समितिसँग आग्रह गरेको छ ।
यस सन्दर्भमा मतदान प्रक्रियालाई सरल र कम खर्चिलो बनाउनका लागि प्रत्यक्षतर्फ उम्मेदवारलाई दिइएको मतलाई नै समानुपातिकतर्फको दललाई दिएको मतका रूपमा लिई गणना गर्ने व्यवस्था गर्न सकिन्छ ।  यसको बेफाइदा भनेको मतदाताले आफ्नो एक मत फरक दलको उम्मेदवार र अर्को मत मन पराएको दललाई दिने स्वतन्त्रतामा भने सम्झौता गर्नुपर्ने हुन्छ ।  आगामी निर्वाचनहरूमा यो विकृतिलाई सदाको लागि हटाउन उम्मेदवारको पूर्वनिश्चित क्रम ९¥याङ्क लिस्ट०अनुुसार निर्वाचन आयोगले नै उम्मेदवार विजयी भएको घोषणा गर्ने कानुनी व्यवस्था गर्नुपर्दछ ।  बन्दसूचीको जुनसुकै क्रमको उम्मेदवार विजयी हुने व्यवस्था हुँदा मतदाताले कसलाई मत दिएको भन्ने थाहा नपाउने हुँदा यस्तो व्यवस्था अलोकतान्त्रिक भएको कुरा पनि आयोगको सुझावमा उल्लेख छ ।  अन्य देशहरूमा समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा समाविष्ट उम्मेदवारहरूको क्रम निश्चित गरी निर्वाचन व्यवस्थापन निकायमा पेस गरिन्छ र सो सूचीको क्रम सङ्ख्याअनुसार निर्वाचन गराउने निकायले निर्वाचन घोषणा गर्दा दललाई सोधिरहनु पर्दैन ।
प्रत्येक दलले निर्वाचन आयोगमा पेस गर्ने प्रत्येक समूहका उम्मेदवारलाई त्यो समूहको कोटाको प्रतिशतका आधारमा बन्दसूचीको निश्चित क्रममा प्रत्येक विजोडी नम्बरमा महिला रहने गरी राख्ने व्यवस्था बाध्यकारी हुनुपर्दछ ।  प्रत्यक्षतर्फभन्दा समानुपातिक निर्वाचन प्रणालीमा समावेशीता सहज हुन्छ ।  तसर्थ, समावेशीताको प्रतिशत बढाई बढी समानुपातिक पाउने सन्दर्भमा यी दुई प्रणालीबीचको मिश्रणको अनुपातमा ध्यान दिनुपर्दछ ।  यो राजनीतिक सहमतिको विषय भए तापनि मिश्रित सदस्यीय समानुपातिक ९एमएमपीआर० प्रणालीमा दुई प्रणालीको बराबर अनुपात अर्थात ५०–५० प्रतिशत मिश्रण गर्दा सबै वर्ग क्षेत्र, समूह एवं लैङ्गिक प्रतिनिधित्व सुनिश्चित् हुने देखिन्छ ।
संसारका प्रायः सबै समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने देशहरूले निर्वाचित सभामा प्रतिनिधित्वका लागि न्यूनतम सीमा ९थ्रेसहोल्ड० तोकेका हुन्छन् ।  यो व्यवस्थाले निर्वाचित सभा धेरै दल वा समूहमा विभाजन हुनबाट बचाउन सकिने र सरकार निर्माणका लागि दलहरूबीच तालमेल गर्न पनि सहज हुने विश्वास आयोगको छ ।  न्यूनतम सीमा राखेमा समान सिद्धान्त वा विचार निकट दलहरू गाभिने प्रवृत्ति बढ्न गई सशक्त एवं समावेशी दलहरू निर्माण हुन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१