किवानिज इन्टरनेशनल नेपालको कन्भेन्सन पोखरामा सम्पन्न,गर्भनरमा लक्ष्मण लम्साल,गर्भनर इलेक्टमा तीर्थ कुमार सिंह  र भाईस गर्भनरमा कृष्ण प्रसाद ज्ञावाली चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७९, आईतवार ०६:४८

पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने कन्भेन्सन पोखरामा सम्पन्न भएको छ । बिहिबार देखि  पोखरामा सुरु सम्मेलन शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बाल्दै किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष एकराज पन्त  र किवानिज इन्टरनेशनलका अध्यक्ष पिटर जे मन्कुसोले  कन्भेन्सनको उद्घाटन गरेका थिए ।

अध्यक्ष पन्तले किवानिज इन्टरनेशनल नेपालमा भइरहेको कामको बारेमा जानकारी गराएका थिए  । किवानिज इन्टरनेशनलका अध्यक्ष पिटर जे मन्कुसोले  ४००  सय बढी सहभागीलाई प्रशिक्षण दिएका थिए । उनले अन्य विकासोन्मुख देशहरु भन्दा नेपालमा किवानिजले बालकालिकाको क्षेत्रमा उत्साहप्रदरुपमा काम गरेकोमा आफू उत्साहित भएको बताए ।

अध्यक्ष एकराज पन्तले हाल नेपाल भित्र ११५  वटा किवानिज क्लबमा २०००  भन्दा बढी सदस्य आवद्ध रहेको उल्लेख गरे । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामग्री लगायतका सामान प्रदान गर्दै आएका छौं । यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गदैँ आएका छौ,’ उनले भने ।

किवानिज इन्टरनेशनल नेपालको गर्भनरमा लक्ष्मण लम्साल

किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२२ –२३ का लागी गर्भनरमा लक्ष्मण लम्साल चयन भएका छन । लम्सालले आगामी अक्टोबर  १ देखि कार्यभार सम्हाल्ने छ । त्यस्तै किवानिज नेपालको निवर्तमान गर्भनरमा एकराज पन्त , गर्भनर इलेक्टमा तीर्थ कुमार सिंह  र भाईस गर्भनरमा कृष्ण प्रसाद ज्ञावाली चयन भएका छन ।

सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा भने सन् २०१५ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०