किवानिज इन्टरनेसनल नेपालको चौथो डिस्ट्रिक सम्मेलन पोखरामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७९, शुक्रबार ०६:४४

पोखरा/ Serving the Children of the World को नारालाई आत्मसाथ गर्दै विश्वभरीका बालबालिकाको हक हितको लागि स्वंयसेवीको रुपमा काम गर्दै आएको किवानिज परिवारको District Convention बिहिवार देखि सुरु भएको छ । चौथो District Convention मा प्रतिवेदन पेस गर्दै डिस्ट्रिक सेक्रेटरीले २०२०-२१ मा क्लव र सदस्यता वृद्धिका हिसावले किवानिज विश्वमाझ नम्वर वान डिस्ट्रिक बनेको बताएका छन ।

कोभिड १९ का समयमा Delegates at Large मार्फत District Convention सम्पन्न गरी दोस्रो गर्भनरको रुपमा मोहन लम्साल र उनको टिमले जिम्मेवारी पाएको थियो । तेस्रो District Convention मार्फत तेस्रो गर्भनरको रुपमा एकराज पन्त नेतृत्वको चयन भएको थियो उक्त नेतृत्वले डिस्ट्रिक्ट बोर्ड २०२१ समेत गठन गरेको थियो ।

किवानिज इन्टरनेशनल नेपाल डिस्ट्रिक मार्फत गत वर्षका ८५ क्लवबाट ११२ क्लव र गत वर्षका १४६६ सदस्यबाट २११३ जना सदस्य आवद्ध भएका छन । किवानिज इनटरनेशनल नेपाल डिस्ट्रिकले सम्पुर्ण क्लवहरुलाई बालबालिका का आवस्कताका प्राथमिक क्षेत्रमा सहयोग गर्न, लिडरसिप वृद्धि गर्न, किवानिज सम्वन्धी जानकारी र तालिम प्रदान गर्ने काम गरिरहेको छ ।

त्यस्तै यस वर्ष मास्टर ट्रेनरको रुपमा संजीव कुमार पाण्डेलाई निरन्तरता दिदै थप ४ जना ट्रेनर नियुक्त गरिएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१