अस्पतालबाट कैदी फरार प्रकरणः छानबिन समिति गठन, कार्यालय प्रमुख हटाइए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७९, बिहीबार ०५:३७

काठमाडौं । उपचारका क्रममा अस्पतालबाट फरार भएका कैदी बन्दीका बारेमा छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आज उपचारका क्रममा टिचिङ अस्पतालबाट फरार भएका रामेछाप पिल्पुङ्ग गापा २ का भोला बुढाथोकी फरार भएको बारे छलबिन गर्न समिति गठन गरिएको हो ।

प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको विज्ञप्तिमा जनाइएको छ ।

कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाइ कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आजैका मितिबाट निलम्बन गरिएको प्रहरी उपरीक्षक पालले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१