अनाथ आश्रममा हुर्किरहेकी एक आमाकी छोरी !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७९, बिहीबार ०५:२१

“हामीले बोक्ने फोनले हाम्रो गतिबिधी निहालीरहेको हुन्छ “ भन्ने धेरै सुनिन्छ। यो कुरा सांच्चै नै हो जस्तो लाग्छ मलाई पनि! नत्र कसरी केहीबेर अगाडी साथीसॅंग फोनमा कुरा गर्दै, कुन पसलमा के के सेल लागेको छ भनेको र फोन राखेर बिभिन्नसोसल मिडिया, फेसबुक, युट्युब, ईमेल खोल्दा त ती सामानहरू नै सेलमा लागेको बिज्ञापन आउॅंछ त । पक्कै निहाल्छ ।त्यस्तै फोन घरमा कतै हुन्छ । कहिलेकाहीं कुनै रोगको बारेमा, घुम्न जाने ठाउॅंको बारेमा वा प्लेनको टिकट किन्ने आदीकुरा गर्र्यो । फोन खोल्दा ती सामग्रीका बिज्ञापन छ्यापछ्याप्ती अगाडी आउॅंछ ।

हो यसलाई आर्टिफिसियल ईन्टलिजेन्स वा मेशिनको बुद्धिमत्ता भन्छन् । गुगलमा खोज्नुस वा सिरीलाई बोलेर सोध्नुस, तिनीहरूलाई त झन् थाहा नभएको केही बांकी छैन होला । जे पनि पत्ता लगाईदिन्छन् ।

आजकल फेरी नेपालको नागरिकताको बिषयमा जतततै बहस भई रहेछ। यस बिषयमा मैले केही लेख लेखेको पनि थिंए।शायद मेरो फोनले मेशिनको बुद्धी लगाएर होला ।मेरो चासोको बिषय जस्तो गरेर नागरिकता संम्बन्धि सामग्रीमात्र जताततैदेखाई दिन्छ सोसल मिडिया खोल्दा । हुन पनि बर्षौं देखि यो बिषय संम्बेदनशिल बिषय भएको छ। जसमा नेपालसरकारले छिसिक्क केही परिवर्तन गर्न खोजेमा संसद देखि सडकसम्म जताततै बहस, टिका टिप्पणी शुरू हुन्छ ।

अब कुरा गरौं यस लेखमा लेख्न लागेको आमा र तिनको अनाथ आश्रममा हुर्किरहेकी छोरीको बारेमा जुन नेपालकोनागरिकताको वरीपरी नै रूमलिएको छ।

एकदिन युट्युबमा नेपालको नागरिकता आदी बारेमा हेर्दै गर्दा एउटा अनाथ आश्रमको बारेमा भिडियो देखें र हेर्न थालें ।त्यो आश्रममा साना काखे नानीहरूदेखि कलेज पढ्ने उमेरका २०-२५ जना बालबालिका बस्ने रहेछन् । ती सबैकी एकमात्र“आमा” त्यहांकी संचालिका ! आश्रम चाहीं पहिले उनले आफ्नै कमाई खर्चेर, आफ्नै घरमा शुरू गरेकी रहिछन्। अहिलेनेपाल तथा संसारभरका नेपालीले पठाएको पैसा र टोल वरपरकाहरूले पठाउने चामल, दाल, लत्ताकपडा आदीसहयोगबाट चलिरहेको रहेछ ।

आश्रममा केटाकेटीहरू कसरी आईपुग्छन् भन्ने कुरा भिडियो बनाउनेले सोध्दा, कोही आमाबुबा नभएकालाई आफन्तलेसानैमा ल्याएर छोडेको, कोही पुलिसले भेटेर ल्याएको, कोही अस्पतालमा जन्म दिएर आमाहरू भागेका आदी रहेछन्।अनि कति बच्चालाई त आमाले नै तपाईंले नराखे हामी मर्न बाध्य हुन्छौं भन्दै छोडेका रहेछन्।

त्यस मध्य “एक बच्ची” कुन हो त चिनाईनन्, परिचय गोप्य राखिएको रहेछ । उनलाई उनकी आमाले १५ बर्ष अगाडीनजिकैको अस्पतालमा जन्म दिएर आश्रमलाई दिएको भनिन । बच्चीको बाउआमाको कानुनीरूपमा बिबाह भएको रहेनछतर केही समय संगै बसेको र आमाले त्यो केटा, बाउको त मसंग दोस्रो बिबाह रहेछ भन्ने थाहा पाएपछि अलग्ग भईछिन् ।आमा हुने खाने, पढेलेखेको, जागीरे, राम्रै परिवारको रहिछन्। अझ गज्जब कुरा त ती बच्चीको लालनपालनको जीम्मातिनै आमाले नै लिएकी रहिछन् र बेलाबेलामा अरू सहयोगी दाताहरू आए जस्तै गरेर आफ्नो बच्चीलाई भेट्न आउनेगर्दिरहिछन् ।

नेपालको नागरिकता कसरी बनाउन सकिन्छ भन्ने कुरा गर्दा , नेपालको कानुन अनुसार बुबाको परिचय अनुसार संतानकोनागरिकता बन्छ । बुबा नभई नागरिकता बन्दैन वा आमाको नामबाट बनाउन निक्कै नै कठिन छ । पहिले त बन्दै बन्दैनथियो । अहिले बन्न थालेको छ तर अनेक किसिमबाट बुबा नभएको प्रमाण जुटाउनु पर्छ । निक्कै झन्झटिलो छ ।

हो यस्तै अवस्था आफुले र छोरीले पनि भोग्नु नपरोस् भनेर आफुले जन्माएको छोरीलाई आश्रममा दिएकी रहिछन् । आश्रममा हुर्केका टुहुरा बच्चाबच्चीको हकमा चाहीं आश्रममा हुर्के बढेको प्रमाण देखाएमा नेपाल सरकारले नागरिकता दिनेकानुन छ ।

एउटा आमाको कस्तो बाध्यता र कत्रो त्याग ! संतानको भविष्य र परिचयको लागि आफ्नो संतानलाई “म तिम्रो आफ्नैआमा हो” भन्ने परिचय लुकाउनु परेको छ । तर एक प्रकारले उनले जे गरिन, ठिक गरिन । छोरी परिचय बिहीन अनागरिकत हुनु परेन ।

खासमा उनी चाहीं चलाख रहिछन् । बेलैमा बुद्धी पुर्र्याईन् । आमा भन्ने परिचय लुकाएर के भयो र आफ्नै आंखा अगाडी, आफ्नै खर्चमा छोरी हुर्केको हेर्न पाईन। त्यो पनि एक आमाले जन्माएकी नेपाली छोरी !

उनको जस्तो झुक्याएर दोस्रो बिबाह गरेर आमा र संतान अलपत्र पारेको, त्यस्तै बाउको परिचय नहुनाले वा बाउले आफ्नोसंतान हैन भनिदिनाले नेपालमा जन्मेका तर परिचय बिहिनहरू लाखौं नेपाली सडक देखि “जनता जान्न चाहान्छ” र“सिधा कुरा जनतासॅंग” आदी निक्कै हेरिने टिभीको कार्यक्रममा पीडा बोकेर न्याय माग्दै हिंडेको देखिन्छ। तिनीहरुकोपीडा न उच्च शिक्षा पढ्न पाउनु, न जागीर खान पाउनु, न आफ्नो परिचय नै छ ।

यसरी दिनरात आमा र संतानको पीडाको बहस भएको हुनाले आमाको नामबाट नागरिकता पाउने कानुन चाहीं बनेको छ ।तर अझै सोचे जस्तो, बुबाको नामबाट सजिलै पाईने जस्तो सहज चाहीं आमाको नामबाट छैन्।

आफु पनि एक महिला र महिलाहरूले पनि नेपालमा पुरूष सरह सबै कुरामा समान हक अधिकार हुनु पर्छ जस्तो लाग्छ ।महिलालाई नागरिकतामा पनि भेदभाव गरिनु हुन्न । कहिलेकाहीं त लाग्छ, बृद्धभत्ता नदिने भएको भए कुनै हजुरआमाकानागरिकता बन्ने थिएन होला ।

नागरिकतामा फलाना बाउको संतान वा फलानाको श्रीमती किन हुनै पर्ने ? किन फलाना आमाको संतान वा फलानाकोश्रीमान नहुने ?

अन्त्यमा लेख्न मन लागेको “ घरमा श्रीमती हुंदाहुदैं दोस्रो, तेस्रो विवाह गर्ने लोग्नेमान्छेको खराब बानी चाहीं कानुनले पनिरोक्न नसक्ने रहेछ। “

-शशी के.सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर ८, २०८१