बाइडेनद्वारा विद्यार्थी ऋण माफी योजनाको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७९, बिहीबार ०५:१७

राष्ट्रपति जो बाइडेनले बुधबार विद्यार्थी ऋणलाई माफ गर्ने आफ्नो योजना घोषणा गरेका छन् । जसमा निश्चित ऋणकर्ताहरूको लागि ऋण माफी र महामारी-सम्बन्धित भुक्तानी रोकिएको विस्तार गर्ने समेत समावेश गरिएको छ ।

बाइडेन प्रशासनले सार्वजनिक क्षेत्रका कामदारहरू, असक्षम ऋणीहरू र नाफाका लागि खोलिएका महाबिद्यालय (कलेज)हरूबाट ठगिएका विद्यार्थीहरूका लागि विद्यमान माफी कार्यक्रमहरू विस्तार गरेर बाँकी संघीय विद्यार्थी ऋणको १.६ ट्रिलियन(खर्ब डलर) मध्ये लगभग ३२ बिलियन (अर्ब डलर )रद्द गरिसकेको छ।

वार्षिक आम्दानी १२५,००० भन्दा कम कमाउने व्यक्तिगत ऋणीहरू र विवाहित जोडीहरू वा वार्षिक २५०,००० भन्दा कम कमाउने परिवारका प्रमुखहरूले उनीहरूको संघीय विद्यार्थी ऋणको १०,००० डलर माफी हुनेछ।

तर दिक्षा प्राप्त गरेका विद्यार्थीको रूपमा पेल अनुदान प्राप्त गरेका छन् उनीहरूको विद्यार्थी ऋण ऋणको २०,००० डलर माफी हुनेछ।

पेल अनुदान के हो ? संघीय पेल अनुदानहरू सामान्यतया केवल स्नातक उत्रीण नभएका विद्यार्थीहरूलाई ( अनडरग्राजुएट)लाई प्रदान गरिन्छ जसलाई अत्यधिक वित्तीय आवश्यकता पर्छ र स्नातक नगरेकोलाई दिइन्छ )

शिक्षा विभागका अनुसार लगभग ८० लाख ( ८ मिलियन )बिद्यार्थीहरुले १० हजार या २० हजार डलर सम्म प्राप्त गर्नेछन् अर्थात् ऋण माफी हुनेछ ।

बाइडेन प्रशासनले पहिले नै अमेरिकी इतिहासमा कुनै पनि अन्य प्रशासन भन्दा बढी विद्यार्थी ऋण रद्द गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०