फुटपाथ व्यापारीहरुद्वारा बालेनविरुद्ध नाराबाजी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७९, बुधबार ०६:३०

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिरुद्ध नाराबाजी भएको छ । फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले काठमाडौं महानगरपालिका मेयर शाह बिरुद्ध नाराबाजी गरेका हुन ।

फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै ज्ञापनपत्र बुझाउन गएका ब्यापारीहरुले काठमाडौं महानगरपालिका परिसरमा नाराबाजी गरेका हुन ।

सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने र महानगरबाट भइरहेको अमानवीय व्यवहार बन्द गर्नुपर्ने तीनवटा माग राखेका छन् ।

महानगरका मेयर शाहबिरुद्ध सम्भवतस् पहिलोपटक नाराबाजी भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१