गठबन्धनको सिट बाँडफाँट बैठक आज पनि निष्कर्षविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७९, बुधबार ०५:३२

काठमाडौं । आगामी निर्वाचनमा चुनावीका लागी सिट बाँटफाँडलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको मंगलबार बसेको बैठक पनि निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि मापदण्डमै सहमति नभएपछि मंगलबारको बैठक पनि निष्कर्षविहीन भएको हो ।

सत्ता गठबन्धनको सिट बाँडफाँट बैठक भोली बुधबार साँझ ५ बजे बस्ने बैठकले निष्कर्ष निकाल्ने र ढिलोमा ९ गते बिहीबारभित्र टुंगो लगाउने कार्यदल एक सदस्यले नेपालबहस डटकमलाई जानकारी दिए । अब शीर्ष नेताका तहमा छलफल नगरी सहमतिको आधार तयार हुने छाँटकाँट नदेखिएको उनले बताए।

गठबन्धनमा सिटको भागबण्डा मिलाउन सोमबार पनि नेताहरूबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरू सहभागी छन् ।

नेताहरूबीच ०७४ र ०७९ को निर्वाचनका परिणामका आधारमा चुनावी तालमेल गर्ने समझदारी भए पनि सिटको संख्याबारे भने सहमति हुन सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१