किवानिज इन्टरनेशनल नेपालको चौथो कन्भेन्सन पोखरामा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७९, मंगलवार ०६:११

पोखरा । किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालले K69 (4thrd Convention of Kiwanis Nepal District) चौथो  कन्भेन्सनको तयारीलाई तिब्र बनाएको छ । आगामी भाद्र ९ देखि ११  गते सम्म  सुन्दर नगरी पोखरामा हुने कन्भेन्सनको तयारीका क्रममा सोमबार कार्यक्रमको जिम्मेवारी सहित संयोजकहरुलाई परिचालन गरिएको छ ।

पोखराको ग्रान्ड होटेलमा हुने  कन्भेन्सनको सम्पूर्ण तयारि पुरा भएको डिष्ट्रिक्ट गभर्नर एकराज पन्तले  जानकारी गराउनुभयो । उक्त अवसरमा बोल्दै गभर्नर पन्तले सुन्दर नगरी पोखरामा हुने चौथो कन्भेन्सनमा ५ सय  भन्दा बढी किवानिसहरुको उपस्थिति रहने विश्वास व्यक्त गरे ।

कन्भेन्सनको होस्ट किवानिज  क्लब अफ मनकामना नेपालले गर्दैछ ।  कोरोना महामारी पछिको विषम परिस्थितिमा पोखरामा हुने किवानिजको कन्भेन्सनले यहाँको पर्यटकीय गतिविधिमा चहलपहल ल्याउने विश्वास गरिएको छ । ‘पाच सय भन्दा बढी किवानिस सदस्यहरु राजधानी काठमाडौंसहित देशका विभिन्न भागबाट पोखरामा एकैपटक आउँदा यहाँको पर्यटनले गति लिने  विश्वास लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१