महिलाले किस गरेर पुरुषको हत्या गरिन् !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७९, सोमबार ०६:०८

काठमाडौं । कारागारमा कैदीलाई भेट्न एक महिला आइन् । भेटका क्रममा महिलाले कैदीलाई चुम्बन गरिन् । त्यसको केही समयपछि कैदीको मृत्यु भयो । मृत्यु पछि महिलालाई कैदीको हत्याको आरोप लगाइएको थियो र पक्राउ गरिएको थियो।

मामला अमेरिकाको हो। टेनेसीको एउटा जेलमा जोसुवा ब्राउन नामका कैदीले सजाय भोगिरहेका थिए । रेचलल डोलार्ड उनलाई भेट्न आएकी थिइन् । रेचलले ब्राउनलाई भेट्दा उनको मुखमा मेथाम्फेटामिन ड्रग्स थियो। ती दुबैले किस गरे । यस क्रममा रेचलले आफ्नो मुखबाट ड्रग ब्राउनको मुखमा हालिन् । त्यसपछि ब्राउनले एकैचोटि सम्पूर्ण औषधि निले।

औषधिको वजन लगभग १४ ग्राम थियो। ड्रग्सको ओभरडोजका कारण ब्राउनको मृत्यु भयो। ब्राउनको मृत्युपछि, टेनेसी डिपार्टमेन्ट अफ करेक्शन (टीडीओसी) का एजेन्टहरूले रेचल डोलार्डलाई हिरासतमा लिएका छन्।

उक्त मुद्दामा उनलाई पक्राउ गरी जेल चलान गरिएको छ । रेचलललाई टेनेसी डिपार्टमेन्ट अफ करेक्शनले हिकम्यान काउन्टी जेलमा राखेको छ। जोसुन ब्राउनलाई ड्रग्स सम्बन्धी मुद्दामा दोषी पाइएपछि ११ वर्षको जेल सजाय सुनाइएको थियो । उनको सजाय सन् २०२९ मा समाप्त हुने थियो ।

अधिकारीहरूले आरोप लगाएका छन् कि फेब्रुअरीमा, रेचलले भेटको बहानामा ब्राउनलाई ड्रग्स दिइन् । सोधपुछका क्रममा रेचलले पनि यो कुरा स्वीकार गरिन् । यो घटनापछि टेनेसी डिपार्टमेन्ट अफ करेक्शन (टीडीओसी) ले एक विज्ञप्ति जारी गर्दै भन्यो– अबदेखि हाम्रो जेलमा कानून व्यवस्थालाई थप कडा बनाइनेछ । कैदीबन्दीसँग भेटघाट गर्ने र बाहिरी सामान ल्याएमा यस्तो दुर्घटना दोहोरिन नपरोस् भनेर कडा अनुसन्धान गरिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१