मनास्लु वर्ल्ड कलेजद्वारा नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७९, आईतवार ०६:०९

काठमाडौ । चावहिलको मनास्लु वर्ल्ड कलेजले नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण तथा स्वागत गरेको छ ।
कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले,’स्थापनाकालको तेस्रो वर्षमै आफूलाई प्रमाणित गर्दै मनास्लुले आफ्नो अस्तित्व स्थापित गरेको बताउनुभय‍ो ।’ करिब १० हजार विद्यार्थीहरूले कक्षा ११ पढ्नका लागि मनास्लुमा `इन्क्वाइरी´ गरेको र त्यस मध्य प्रवेश परीक्षा मार्फत छानिएर ६०० विद्यार्थीले मात्रै भर्ना हुन पाएको हुँदा उपस्थित विद्यार्थीहरू भाग्यमानी भएको उहाँले बताउनुभयो ।देशभरबाट उज्ज्वल भविष्य निर्माण गर्ने महान् अभिलाषा बोकेर आएका सबै विद्यार्थीको सपना पूरा गर्न मनास्लु सफल हुने विश्वास सहित उहाँले सबै विद्यार्थीलाई स्वागत गर्नुभयो ।
त्यस्तै, पत्रकार ऋषि धमलाले मनास्लुले आश्चर्यजनक रूपमा छोटो समयमै लोभलाग्दो प्रगति गरेको र यही गतिमा गए देशको समग्र शैक्षिक भविष्य नै परिवर्तन गर्न सक्ने र नेपालमा आज शिक्षाको विकास हुन नसकेकै कारण पछाडि परेको भन्दै उहाँले हरेक क्षेत्रमा भोलि मनास्लुका विद्यार्थीले नेतृत्व गर्ने विश्वास आफूले लिएको बताउनुभयो । अबको पुस्ताले समग्र देशको जिम्मा लिनुपर्ने बताउदैँ उहाँले विद्यार्थीलाई त्यसका लागि हिम्मत र शाहस देखाउन सुझाव दिनुभयो ।
कार्यक्रममा प्रत्येक विषय किन र के का लागि पढ्ने ? मनास्लुमा त्यो विषयको अध्यापन कसरी हुन्छ ? लगायत विषयमा विभाग प्रमुखहरूले छुट्टाछुट्टै प्रस्तुति दिएका थिए । त्यस्तै, मनास्लुले विभिन्न विषयहरूमा दिने सुविधा र ती विषयका विशेषताहरू बारे जानकारी दिँदै मनास्लुका एकेडमीक हेड शशी के.सीले कलेजको पहिलो उद्देश्य बोर्ड टपर बन्ने रहेको बताउनुभयो । सँगै इसिएमा उत्कृष्टता ल्याउने अर्को उद्देश्य पनि कलेजले राखेको उहाँको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि गगन थापाले,’छोटो समयमा विद्यार्थीलाई महत्त्वपूर्ण सन्देश दिनुभयो । आफ्नो विद्यार्थी कालको अनुभव सुनाउदैँ उहाँले प्लस टु पढ्ने उमेर अति संवेदनशील हुने भन्दै यो उमेरमा विद्यार्थीले अपनाउनुपर्ने सजगताका बारे सचेत गराउनुभयो । उहाँले आफ्नो जीवनको उद्देश्य पत्ता लगाउन र निरन्तर त्यसमै लाग्न विद्यार्थीलाई सुझाव दिनुभयो । आज आफूले गर्ने निर्णयको भोली जीवनभर आफैले बोक्नुपर्ने भन्दै उहाँले सही निर्णय लिन, प्रविधिको सही सदुपयोग गर्न र सकारात्मक धारणा बनाउन विद्यार्थीलाई अपिल गर्नुभयो । छोटो समयमै आफ्नो गुणस्तरबाट आफूलाई प्रमाणित गर्न सफल मनास्लु सँग विद्यार्थीको शैक्षिक यात्रा अर्थपूर्ण बन्ने विश्वास आफूले लिएको उहाँको भनाई थियो ।
त्यस्तै, कलेज प्रमुख राजन श्रेष्ठ धरातलले विद्यार्थीहरूले कलेजप्रति देखाएको विश्वास प्रति आफुहरू कृतज्ञ रहेको र भोलिका दिनमा अझै उत्कृष्ट नतिजा ल्याई विद्यार्थीहरूले कलेजको नाम उच्च राख्ने विश्वास आफुहरूले लिएको उहाँले बताउनुभयोबताउनुभयो ।
यो वर्ष कक्षा ११ मा ६०३ जना विद्यार्थी भर्ना गरेका छाै । हामीले नयाँ शैक्षिकसत्रको पठनपाठन भदौ ६ गतेबाट गर्ने तयारी गरेका छौँ । कलेजले विशेषगरी म्यानेजमेन्ट, ह्युम्यानिटि, स्टोर्ट साइन्स, विजनेश स्टडिज र साइन्स अन्तरगतका कोर्शहरू पठनपाठन गराउँदै आईरहेका छौं ।
कार्यक्रममा प्रमुख आतिथिका रूपमा नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र ४ का संघीय सांसद गगन कुमार थापाको रहनु भएको थियो भने,सभापतित्वको भुमिकामा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा रहनु भएको थियो ।
त्यस्तै, कार्यक्रममा पत्रकार ऋषि धमला, उत्प्रेरक वक्ता विकास देव योञ्जन, कमेडियन महादेव त्रिपाठी, गायक उर्गेन दोङ लगायत विभिन्न क्षेत्रमा स्थापित दिग्गज व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थियो । कार्यक्रममा मनास्लुमा कक्षा ११ मा भर्ना भएका विद्यार्थी, शिक्षक, शिक्षिका तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

May be an image of 1 person, standing and indoor

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१