अमेरिकासहित विभिन्न देशका राजदूतहरुको प्रचण्डसँग संयुक्त भेट, शान्ति प्रक्रियाबारे चासो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७९, आईतवार ०५:४१

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय कोअर्डिनेटर रिचार्ड होवार्ड, अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरी, बेलायती राजदूत निकोलस पोलिट, अष्ट्रेलियन राजदूत, जर्मन, स्विस तथा युरोपियन युनियनका राजदूहरुको संयुक्त प्रतिनिधिमण्डलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ ।

सो अवसरमा उक्त प्रतिनिधि मण्डलले प्रचण्डलाई नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुशी व्यक्त गर्दै त्यसमा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने बताएका थिए । नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुको धारणा रहेको दाहालको सचिवालयले जनाएको छ । भेटको क्रममा उनीहरुले गम्भीर मानवअधिकार उल्लंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए ।

 

प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेका थिए । विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संबेदनसिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने दाहालको विश्वास थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१