माओवादीको पदाधिकारीमा को को ? (नामसहित) २० जना पदाधिकारी चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७९, आईतवार ०५:३६

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले २० जना पदाधिकारी चयन गरेको छ। शनिबार  अपरान्ह पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठले २० जना पदाधिकारी चयन गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिवमा देवप्रसाद गुरुङसहित २० जनाको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बैठकले पारित गरेको प्रवक्ता कृष्णबहादुर महराले जनाए ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन्। यस्तै बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ।

त्यस्तै, सचिवमा भने दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की चयन भएका छन् । कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१