प्रचण्ड र माधव नेपालले पार्टी एकता गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७९, बिहीबार ०५:३१

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटै पार्टी बनाएर चुनावमा जानसक्ने भएका छन् । दुवै पार्टीको चुनाव अघि नै एकताका लागि प्रयास घनीभूत चलेको छ ।

नेकपा एसले माओवादीसँग एकता गर्ने गरी एकता संयोजन समिति पनि बनाउने भएको छ । नेकपा एसको सचिवालय बैठकले एकता संयोजन समिति बनाउनेबारे छलफल चलाइसकेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले नेकपा एससँग एकता प्रक्रिया बढेको खुलासा गरिसकेका छन् । सम्भवतः चुनावमा उम्मेदवार मनोनयन अगाडि नै एक भएर एउटै चुनाव चिन्हमा चुनाव लड्ने तयारी भएको छ ।

यसअघि डा. बाबुराम भट्टराईले माओवादीसँग एउटै चुनाव चिन्हमा चुनाव लड्न तयार भएर समझदारी गरिसकेका छन् । तर, चुनाव चिन्हको टुंगो लागेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१