वरिष्ठ सौन्दर्यविद् रश्मिला ‘नारीरत्न’ २०७९ बाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७९, बुधबार ०५:५९

काठमाडौं । दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड– २०७९ ‘नारीरत्न’बाट वरिष्ठ सौन्दर्यविद् श्रीमती रश्मिला श्रेष्ठ सम्मानित भएकी छिन् ।

सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सम्मान गरेका हुन् । दाहालले श्रेष्ठलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

माओवादीका अध्यक्ष दाहालले सम्मानित हुने वरिष्ठ सौन्दर्यविद् श्रेष्ठसहितका सम्मानित व्यक्तिहरूलाई बधाई र शुभकामना दिएका छन् ।

‘नारीरत्न’बाट सम्मानित भएपछि श्रेष्ठले आयोजक सूर्य चन्द र सुमन ‘बैरागी’सहितको टिमलाई धन्यावाद दिएकी छिन् । उनले भनिन्, ‘नारीरत्नबाट सम्मान गर्नु हुने आयोजक र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबैमा आभार व्यक्त गर्दछु ।’

श्रेष्ठले एक दशकभन्दा लामो समयदेखि काठमाडौंमा ‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ सञ्चालन गर्दै आएकी छिन् ।
सौन्दर्यको क्षेत्रमार्फत मुलुकलाई सेवा पु¥याउँदै आएकी श्रेष्ठको योगदानको कदरस्वरुप ‘नारीरत्न’ले सम्मान गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।

वरिष्ठ सौन्दर्यविद् श्रेष्ठले काठमाडौं मलमा दुई वटा, बिजी मल र बुद्ध मलमा एक/एक वटा आउटलेट सञ्चालन गर्दै आएकी छिन् ।

श्रेष्ठले करीव १ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत दिएकी छिन् । उनले सौन्दर्यको क्षेत्रमा सिक्न चाहनेलाई पनि प्रशिक्षण दिँदै आएकी छिन् ।

‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ले अन्तर्राष्ट्रियस्तरकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कलाकार, व्यवसायी, सर्वसाधारण, खेलाडीलगायतको पहिलो रोजाइमा रश्मिलाज् पर्दै आएको छ ।

सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले सञ्चारकर्मी ऋषि धमला, अभिनेता कृष्ण मल्ल, संगीतकार चेतन सापकोटालाई पनि प्रमाण–पत्रसहित सम्मान गरिएको थियो ।

अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री दाहाललाई रश्मिलाजका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठसहितले कार्यक्रममा भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१