७ वर्ष अघिदेखि दाह्री केटाहरुले जसरी काट्दै आएकी युवती भन्छिन् ‘अब पाल्ने हो’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७९, मंगलवार ०६:२२

काठमाडौँ । युवतीहरुमा दाह्री आउनु एउटा ठूलो समस्या हो । लाखौँ मध्ये एकाधमा आउने यो समस्याले ति सम्बन्धित युवतीलाई निकै पिडा दिने गरेको पाइएको छ ।

तर डकोटा कुक नाम गरेकी एक युवतीले भने आँफुलाई दाह्री पाल्ने बानी नै परेको बताएकी छिन् । अमेरिकाकी यी युवतीले सुरु सुरुमा केही अप्ठ्यारो लागेता पनि अहिले सामान्य लाग्ने यो कुराबारे आँफुले सोच्न छाडीसकेको बताउँछिन् ।

अहिले ३० वर्षकी यी युवत्को गालामा १३ वर्षको उमेरदेखि नै दाह्री आउन सुरु गरेको उनी बताउँछिन् । सुरुसुरुमा उनले दाह्री हटाउनका लागि खोपको समेत प्रयोग गरेको भएता पनि पछिल्ला दिनमा उनलाई दाह्रीले कुनै अप्ठ्यारो नै नपारेको डाकोटा बताउँछिन् ।

उनका दाह्री पहिलो पटक देख्नेहरुले उनलाई अनौठो तरिकाले हेर्ने गरेको उनी बताउँछिन् । द सनका अनुसार डकोटाले कैयौँ पटक अस्पताल गएर दाह्री नआओस् भनेर स्वास्थ्य परिक्षण पनि गरिन् ।

तर कुनै उपायले उनको यो समस्या समाधान नभए पनि उनी अहिले यसलाई सामान्य रुपमा लिन्छिन् । सन् २०१५ देखि उनले केटामान्छेले जसरी निरन्तर आफ्ना दाह्रीहरु काट्दै आएकी छिन् ।

अहिले आएर उनले आँफुले आँफैलाई दाह्रीवाली भन्न रुचाउँछिन् । अहिले आएर उनले अब दाह्री नकाट्ने र पालीरहने निर्णयमा पुगेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१