कारभन्दा महँगो भेडा- १ करोड रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७९, मंगलवार ०६:२०

‘किङ अफ सिप’ समेत भनिने सेनेगलको द लाडौम सिप अफ्रिकी देशको प्रतिष्ठा बनेको छ । यो भेडाको उन्नत प्रजातिको मूल्य ८५,००० डलर (१ करोड रुपैयाँ) भन्दा बढी पर्छ ।

मौरिटानियन ‘तोउबिरे’ नस्ल र मालियन ‘बाली(बाली’ को एक हाइब्रिड, लाडौम पहिलो पटक सन् १९७० को सुरुमा सेनेगलको राजधानी डकार बाहिर प्रजनन गरिएको थियो । पश्चिमी अफ्रिकी देशभरी लाडौम नस्ल अत्यधिक चर्चित छ ।

यो नस्लको विकासका लागि आर्थिक रुपमा सम्पन्न परिवार र प्रजननकर्ताले यसमा पैसा खर्च गर्छन् र जसले यसमा खर्च गर्न सकिरहेका हुँदैनन्, उनीहरुले कुनै दिन यस्तो गर्ने सपना देखिरहेका हुन्छन् । जुन देशको ४० प्रतिशत जनसंख्याले प्रतिदिन १.९० डलरमा जीवनयापन गरिरहेका छन्, केही व्यक्तिले एउटा भेडामा हज्जारौँ डलर खर्च गरिरहेका छन् । यही कुराले नै लाडौम कति चर्चित छ भनेर थाहा पाउन सकिन्छ ।

लाडौम भेडाको विशेषता पनि निकै फरक छ । यी निकै ठूला नस्ल हुन् । यसको उचाई १.२ मिटर हुन्छ र यिनीहरु १७५ केजीसम्मका हुन्छन् । ऊन पनि निकै नरम हुन्छन्, घुम्रिएको सिङ हुन्छन् र यसको मासु असाध्यै मिठो हुने पनि बताइन्छ । सेनेगलका धेरैजसो जनताले यो भेडालाई निकै सुन्दर ठान्छन् त्यसैले त टिभीमा यिनीहरुको सुन्दरी प्रतियोगितासमेत आयोजना गर्ने गरिन्छ ।

हुन त लाडौम आधा शताब्दिभन्दा अघिदेखि थिए तर प्रजननकर्ताले पछिल्लो २० वर्षदेखि मात्रै यिनीहरुको उत्पादन सुरु गरे । उनीहरुको मिहिनेतले रङ ल्यायो, अहिले लाडौम एउटा भेडा मात्रै होइन, यो स्टेटस सिम्बोल बनेको छ । धेरैले यसलाई घर, गाडी, महँगा जुत्ता, लुगाभन्दा बढी महत्व दिने गर्छन् ।

‘जोसँग लाडौम छ, उनीहरु भीडबाट अलग भइहाल्छन्,’ सेफ फातौ सेनले क्वार्टज अफ्रिकालाई भने । ‘यदि मेरा बच्चाले कसैलाई ठूलो भेडासँग देखे भने, ती व्यक्ति निकै महत्वपूर्ण हुन् भन्ने उनीहरुलाई थाहा हुन्छ । लाडौम स्टारका लागि हो, साधारण व्यक्तिका लागि होइन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०