तीन वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी गायिका स्मिता घिमिरेको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७९, मंगलवार ०६:१४

काठमाडौं । गायिका स्मिता घिमिरेको सोमबार साँझ निधन भएको छ । तीन वर्षदेखि क्यान्सर रोगबाट ग्रसित उनको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको मोरङ समाज काठमाडौंले जनाएको छ ।

मोरङ समाज काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको असामयिक निधनले सबैलाई शोकाकुल बनाएको उल्लेख छ ।

केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत उनले सार्वजनिक गायिका स्मिताको आज नै
पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ ।

४–५ वर्षको उमेरदेखि नै गायनमा सक्रिय उनले संगीतकार दीपक जंगमसँग संगीतको औपचारिक प्रशिक्षण लिएपछि व्यवसायिक रुपमा गायन क्षेत्रमा काम थालेकी थिइन् ।

सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएसँगै उनी थप समस्यासँग जुध्दै अगाडी बढेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१