निलहरी बास्तोलाको समुहलाई व्यवसायीहरुको विश्वासको मत, टानलाई व्यवसायीमुखी बनाउने बास्तोलाको उद्घोष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७९, सोमबार ०६:०२

काठमाडौं  । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को आसन्न निर्वाचनका लागि छुट्टाछुट्टै समुहबाट नेतृत्व तयारी भइरहेको छ । यही श्रावण ३० गते हुने टानको नयाँ नेतृत्वको लागि हुन लागेको निर्वाचनमा निलहरी बाँस्तोलाको समुह सहित चुनावी मैदानमा उत्रिएको छ । टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा टानलाई वास्तविक व्यवसायीको संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने एजेण्डा सहित बास्तोलाको समूह चुनावी मैदानमा उत्रिएको छ ।
अध्यक्षका अब्बल उम्मेद्वार बाँस्तोलाले आफू नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने बताउदै आएका छन । लामो समयदेखि पर्यटन व्यवसायमा लागेका बास्तोला टानको २३ औ निर्वाचनबाट द्धितीय उपाध्यक्षमा निर्वाचित भएका थिए । यस अघिको कार्यकालमा द्धितीय उपाध्यक्षका रुपमा काम गर्दै आएका बास्तोला २४ औँ निर्वाचनको संघारमा आइपुग्दा अध्यक्षका प्रत्यासी बनेका छन । बास्तोलाले उपाध्यक्षमा रहेका आफुले लिएको अनुभव अध्यक्ष बनेर व्यवसायीको हकहित र टानलाई व्यवसायीमुखी बनाउने लक्ष्य लिएर चुनावी मैदानमा उत्रिएका छन । दुई वर्षको कार्यकालमा टानको उपाध्यक्ष बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई टे«किङ व्यवसायीहरुको हीतमा लगाउन चाहेको बास्तोलाको भनाइ छ ।
उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै बास्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

कुरामात्र होइन व्यवसायीहको हक हितमा काम गरेरै देखाउने बास्तोलाले उदघोष गरेका छन । बास्तोलाले भने ‘हामी घोषणापत्र लामो बनाउदैनौं । पुरा नहुने काम गर्छु भन्दैनौं, जुन काम गर्नसक्छौं ती कामको दुई वर्षे क्यालेन्डर बनाएर अघि बढ्छौँ ।” हालसम्मको सर्वेक्षण अनुसार बास्तोला सबैका लोकप्रिय उम्मेदवार देखिएका छन । अधिकांश पर्यटन व्यवसायीहरुले बास्तोलालाई समर्थन जनाएका छन जसका कारण टानको नयाँ नेतृत्व बास्तोलाको पक्षमा देखिने अनुमान लगाइएको छ ।

सगरमाथाको काख सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउपालिकामा जन्मेका बास्तोला एसियन हेरिटेज ग्रपका सञ्चालक हुन । एसियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका उद्योग व्यवसायमा लगानी छ । यस्तै, उहाँ एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन ।

 

बास्तोलाले सन् २००२ मा टानको साधारण सदस्य लिएका थिए । । बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि देशभर भ्रमण समेत गरिसकेका छन । । टानको साधारण सदस्य लिएसँगै टानको विभिन्न समितिमा बसेर काम गरिसकेका बास्तोला एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाको समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आएका थिए । बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवम् सन् २०१७–२०१९ मा द्धितीय उपाध्यक्ष निर्वाचित भएका थिए ।

आज  साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार ८०० व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार २५० मतदाता रहेका छन् । निर्वाचन बौद्ध स्थित होटल हायातमा हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१