MBL_Ad

के होला अबको नेपालका कम्युनिस्ट नेताहरुको क्रान्तिकारी नारा ? शम्भु उप्रेती

evccfn@gmail.com' DB Parajuli
२९ श्रावण २०७९, आईतवार २०:१४

कम्युनिस्ट बिचार बोकेको राजनैतिक कर्मिहरुको भाषामा बारंबार प्रयोग अनी प्रहार हुने ( द्धन्दात्मक ) भौतिकबाद को ब्याख्या सहीत सामन्तवाद ,बिस्तारबाद, दलाल, तानाशाही, समाज बादी बिचलन, पूँजीपति,नौकरशाही निरंकुश शासक, उग्र भडकाउ, दक्षिण पंथी, बिस्तारबादी, राजनैतिक बिचलन, अबसरबादी, जस्तो शब्दावलीको साच्चै नै ब्यबहारमा प्रयोग हुदैछ  समिक्षा गर्ने जमर्को गर्दैछु ।
बिषय प्रबेश
कुनै पनि मानव समाजमा बिभीन्न बर्ग सम्प्रादाय, पूँजीपति, गरीब, भीन्न जात जाती, फरक धर्म संस्कृति र बिबीध बिश्वास बोकेको मानिस हरुको बसोबास हुन्छ । उनिहरुको बर्ग हरुको बिचमा कुनै न कुनै रुपमा बेमेल र संघर्षको अबस्था बिधमान रहन्छ नै जसरी एउटा परीबार भीत्र आफ्नै बिचको असंतुस्टी बड्दा कलह बेमेलको कारण समस्याहरु देखापर्छन। कुनै पनि घटनामा बिरोधी शक्ति को रुपमा खासगरी पूजीपती, नौकरशाही र दलालहरु बाट मज़दूर हरु, साना स्रमजीबी बर्गहरु प्रतिको दमन शोषण र अन्यायको अबस्था बिधमान रही असंतुस्टी हरु देखा पर्छन ।

जब अन्याय र पिडाको बिरुद्धमा न्याय पाउन राज्यको प्रशासन, न्यायीक, अर्धन्यायीक प्रहरी प्रशासन बाट असमर्थ हुन्छन तब पिडीतहरुको बिरोधी आबाज राजनैतिक दल को हवाला दिदै बुलन्द गरीन्छ तब मात्र सत्यको जीत उजागर हुन्छ भन्ने मान्यता बाट पुस्टाई हुन्छ । यस्तो न्यायीक समानता संगै बिकास र समृद्धिको नया चरण बाट बैज्ञानिक तथ्यमा आधारित समृद्धिको क्रम सुरु हुन्छ भनिदो रहेछ ।समाजमा नया नया बिषयमा ,बिचारमा संबाद, बिबाद,परीआएमा कलह यूद्ध सुरु भए पछी त्यस्तो अन्यायी गर्ने बर्गहरुको परास्त पश्चात निस्कने निचोड सबैको स्वीकार्य भई जीबन जगत र मानव जातीको बिकास हुने तथ्य लाई भौतिक दन्द्धको जड सिद्धांतले आत्मसाथ गर्दो रहेछ।

नेपाल को परीपक्ष्यमा कम्युनिस्ट हरुको संस्थापक, पाका नेताहरुको हकमा यी र यस्तो बैज्ञानिक तथ्यमा आधारित प्रतिपादित अन्तराष्ट्रीय सिद्धांत हरुको नाम भजाएर यस्को मर्मको उपेक्षा गर्ने हरुको गैर कम्यूनिस्ट कृयाकलाप हरु बुझ्न बुझाउन जरुरी देखियो ।
पृस्टभूमी

हो लोकतंत्र को आगमन अगाडी शाहबंसीय राज्य ब्यबस्थाको समयमा निरंकुश राजतन्त्र को नाराले जनताहरु लाई आन्दोलनमा प्रोत्साहित गर्न पक्कै मलजल पुर्र्याएको थियो । आन्दोलनको आधीबेरी सहीत देशमा गणतंत्र स्थापित भयो र लोकतंत्रको बहाल गरियो ।जनताहरुमा अपार हर्ष र सुखद भबिश्य र मुलुकको समृद्धिको सपनाहरु सुनेर रमाए । अब बिश्व मानचित्रको परीबर्तन संगै कम्प्यूटर प्रबिधी संगै जमाना बदलिए, जीबन पद्धति फेरियो, रोजगारीको अन्तराष्ट्रीय करण प्रभाव बाट अछुतो रहन सकेन ति गरीब लाई शोषण गर्ने न त जमिन्दार हरुको अस्तित्वमा छन न नोकर तन्त्र, दास बनाउने शोषक हरु नै अस्तित्वमा छन । भएको जमिनको स्वामित्वमा एकाधिकारको गुन्जाईस नै रहेन ।

भए भरका स्रमजीबी नागरिक हरु बिदेसिएको कारण जग्गा जमिन बाझो रहन अबस्था रह्यो । स्रमिक हरुलाई शोषीत गर्ने भनिएको औधोगीक कल कारखानाका मालिक हरु मजदुरका हकहितको लागी भनेर पार्टी पिच्छे बनाईएको ट्रेड यूनियन हरुको चर्को दबाब थेग्न नसकि बिस्थापित या फ़ैक्ट्री बन्दै गर्नु स्रेयस्कर ठान्ने बिबसताको सिकार भए । कैयौ त छिमेकी बिशाल बिकसीत रास्ट्र हरु संग प्रतिस्पर्धा गर्ने असमर्थ भई प्रतिस्पर्धा बाट बाहीरीए त कति राज्य बाट संरक्षण को अभाबमा पलायन हुन बाध्य परे या बन्द गर्ने अबस्थामा रुग्ण अबस्थामा रहेको छन ।

बिदेसी मल्टीन्शनल उधोग हरु नेपाल बाट धमाधम बाहीरिने क्रममा छन । सायद न रहे बास न बजे बाँसुरी को उखान चरीतार्थ हुदैछ । बिश्व मानचित्र बाट कम्युनिस्ट शासनको अबस्था दयनिय र पलायन उन्मूखमा गुज्रदा समेत नेपाली जनताहरु लाई उल्टै उनिहरुको अभाव र ग़रीबीमा राजनैतिक मलजल पाई नेताहरु रमाउदै आशा देखाउन छाडेको छैनन। अब मानिस हरु लाई लोभ्याउने नाराहरु सकिएको या तुक नरहेको प्रतिक हुदैछ ।

तर पनि यती बेला नेपालका बामपंथी राजनैतिक दलहरुको नया परीस्थितीको नारा या राजनैतिक भ्रम छर्न भ्याई नभ्याई देखिदैछ त्यो हो बामपंथी हरु आपसमा आफ्नो बर्गीय दुश्मनको रुपमा चित्रण गरी जनताहरु आफ्नो प्रति आकर्षण गर्ने। यो नया चालबाज़ी जनताहरुको आखामा कसिंगर हाल्ने फगत चुनावमा अनुहार देखाउने नया बहाना मात्र हो । जुव फुटको शिकार भोगेका के पि प्रचन्ड र माकुने र बिप्लब हरु मात्र हुने निश्चित देखियो । ऐतिहासिक रुपमा बनेको दुई तिहाईको बलीयो बामपंथी सरकार लाई आपसमा लुछाचुडी गरी धरायसी बनाई उल्टै नया दल खोली अध्यक्ष बन्ने र कति लाई मन्त्रीको स्वाद फेर्न अबसर मिलेकोमा गर्भ गर्न किन्चित अप्ठ्यारो नमानीं आपसमा गाली(गलौज को सृखला बर्षौ सम्म मन्चन गर्ने दुस्हास गर्ने हरुको जे सुकै तुच्छ नाम बाट निन्दा गरे पनि कम हुन्छ ।

राजनैतिक आबरणमा पार्टीका पूर्ण कालीन कर्मचारी हरु आआफ्नो गुटको ईसारामा प्रदर्शन आमसभा जुलुस हुलहुज्दत गुन्डागर्दी सम्मको जीम्ब्बारी पुरा गर्न तम्तयार देखिन्छन । बिभीन्न बहाना मा लोकतंत्र र संबीधान धरापमा परेको भनी अप्राकृतिक गठबंधनको नाममा सरकारमा पद बाडेरै हालीमुहालीमा रमाउने जस्तो अलोकपृय अलोकतान्त्रिक अभ्यासको मन्चनमा समय बर्बाद हुदैछ । कम्युनिस्ट पार्टीको समाजवादको नारा मात्र सिमीत हुदैछ । जुन सर्बहारा बर्गको पार्टीको यो बिचलन को अबस्था ले मुलुकको समृद्धिको सपना तुहाउने मात्र होईन लोकतंत्रको मर्यादा समेत सखाप पारिसकेको प्रतित हुदैछ । पार्टीमा समयसापेक्ष युवा पंक्तिमा हस्तान्तरण को अपेक्षा तुईसकेको प्रतित हुदैछ ।

पुरानो पार्टी को नेतृत्व हरु अनेक तिकडम रचेर यथाबत अध्यक्षको कुर्सीमा बिराजमान हुने र कथंचित बाहीरिन परेमा बिद्रोह गरी नया पार्टी खोलेरै पनि अध्यक्षको पदमा टिकी राजनैतिक केन्द्रमै आफ्नो स्थान सुरक्षित गर्ने डरलाग्दो खेलको मन्चन हुनु युवा पुस्ता र बिकास प्रेमि नेपाली जनताहरु लाई आफ्नो नेता आफैमा गलगाडको अबस्था चित्रण हुदैछ । बास्तबमा ने का का शेरबहादुर ईतरका नेताहरु ठिकै भन्दैछन राजनैतिक चौका मौकामा हान्नु र अल्पमत मा रहेको ने का लाई सरकार को नेतृत्व गर्ने।

यस्तो सौभाग्य लाई गुमाउने कुरा काहा हुन्छ ?

हामि जस्तो रास्ट्र सेवकहरु लामो समय सेवा पश्चात अबकास पछीको बाकी जीबनमा आफ्नो देशको राजनैतिक दल हरुको नाममा जीम्बेबार नेताहरु बाट मुलुकको भलो या कुभलो के गर्दै छन त निस्पक्ष रुपमा चासो हुनु स्वभाबिक होला जस्को लागी याबत अबस्था हरु निस्पक्ष रुपमा समिक्षा गर्ने र जनमानस सामु ईमान्दारी पूर्वक राख्ने हैसियत बनाउन पनि सबै राजनैतिक सिद्धांत र आदर्शको ज्ञान हुनु जरुरी रहेछ।
अन्त्यमा
मेरो पुस्ताको कम्युनिस्ट नेता हरुको स्मरण गर्दा वाहा हरुको बिगतका बिद्रोही ईतीहास समिक्षा गर्नु जरुरी हुन्छ। पदनपाउदाका बिगतका चर्का भाषणहरु र आज गन्तव्य को शिखरमा पुगी सक्दाका पलहरु कुनै हिन्दी सिनेमाका कथा जस्तो मानस पलटमा घुम्दै छ ।

नेपालमा कम्युनिस्ट बिचार बोकेको आयतित राजनैतिक दर्शन सिद्धांत बोकेको स्रमजीबी सर्बहारा बर्गको हित गर्ने क्रान्तिकारी पार्टी का सर्बमान्य नेताहरु स्वयम पुजीपति दलाल नौकरशाही भनिने हरुको पन्जामा कसरी कसरी कस्सीन पुगे रु ने कंपा माओबादी जस्तो क्रान्तिकारी पार्टी को नेतृत्व हरुमा देखिएको बिचलन र अबसानको यो दृश्यले पर्कै असुभ संकेत गर्दै छ कि कहीले सम्म अर्को सिद्धांत नमिल्ने पार्टी को बुई चडेर समाजबादको यात्रा र १७ हज़ार निर्दोष परीबार को मन शान्त पार्लार एमाले जस्तो जनताहरुको बिश्वास आर्जन गरेको कम्युनिस्ट नामको पार्टीको अस्तित्व कहीले सम्म थामथुम पारेर बचाउने होला ? चित्त नबुझे तुरुन्त नया पार्टी मा हाम फाल्ने या नया नमाको पार्टी नामांकन गरी च्याखे थाप्ने र जनताहरु लाई सक्कली कम्युनिस्ट त आफु मात्र हो भन्ने भ्रमको खेती एस पार्टी पंक्ति ले कहीले सम्म लगाउने हुन र आफ्नो बाधक र बाध्यता के पि रहेको फलाक्ने रु नेपाल का कम्युनिस्ट अबको क्रान्तिकारी नारा यस पछी के बनाउलान गम्भीर रहस्यमय बिषय बन्दैछ ।

भोली ईतीहासको कठाघरामा युवा पुस्ता हरुको देश बिगार्न उद्धत हुने हरुको जबाफ कसरी देलान रु या यीनि बरीस्ट नेताहरु को पक्षपोषण गर्ने हनुमान हरुको बिजोग कल्पना गरौ अझ पनि सच्चीन आपसमा सद्भाव पूर्वक लोकतंत्र को मर्मको ख़्याल गर्न अनुरोध गर्दै जयनेपाल १ जय मातृभूमि !!

प्रतिक्रिया