नुवाकोटमा बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्न पुगे काँग्रेस नेताद्धय जगदिश्वर नरसिंह र डा. केदार नरसिंह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७९, आईतवार ०६:२५

काठमाण्डौं। नेपाली काँग्रेस नुवाकोटका पुर्वसभापति एवं युवा नेता जगदिश्वरनरसिंह केसी र प्रजातान्त्रीक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले बाढी र पहिरोले क्षती गरेका नुवाकोटका बिभिन्न स्थानहरुको अवलोकन गरेका छन् ।

अविरल बर्षाको कारणले नुवाकोट जिल्लाको क्षेत्र नं १ को तादी खोलामा आएको बाढीबाट जिल्लाको क्षेत्र न १ को दुप्चेश्वर ३ राउतबेसी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल ,पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्कि पुल र पञ्चकन्या १ को सिमारा फाट र लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्कि पुलहरुमा व्यापक क्षति पुगेको थियो । क्षतीग्रस्त क्षत्रको बिहिबार केसी दाजुभाई सहितले अनुगमन गरी किसानका धानबाली, सडक लगायतका भौतिक क्षती प्रति दुख व्यक्त गरेका छन् ।

काँग्रेस नेता जगदिश्वरनरसिंह केसीले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै उद्दारकार्यमा जुट्न सबैमा आग्रह गरेका छन् ।

नेता केसीले जोखिमयुक्त क्षेत्रमा रहनुभएका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च सतर्कता अपनाउनु हुन पनि अनुरोध समेत गरेका छन् ।

उहाँले प्राकृतिक विपद्को यस घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरे ।

 

कांग्रेस नेता केसीले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्याएको सडक, पुल, खानेपानी आयोजना,सिंचाई आयोजना लगायतका संरचनाहरुको अनुगमन मूल्यांकन गरेर यथाशिघ्र मर्मत, संभार र पुनर्निमाण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१