काठमाडौंमा भारी वर्षा हुँदा थुप्रिएको फोहोरले बिजोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७९, आईतवार ०५:५४

काठमाडौं । काठमाडौंको शहरी क्षेत्रमा भारी वर्षा हुँदा फोहोरले बिजोग बनाएको छ । पुतलीसडक, रामशाहपथ, मैतीदेवीलगायतका क्षेत्रमा वर्षाले थुप्रिएको फोहोर बगाएको छ ।

फोहोर बगाउँदा बाटोभर छरिएको छ । यसले सडक प्रदूषित हुनाको साथै रोग फैलने खतरा बढेको छ ।

पछिल्लो समय काठमाडौंको फोहोर उठ्न सकेको छैन । फोहोरमा अवरोध भएपछि उठ्न नसकेको हो । कतिपयले फोहोरमा राजनीतिक चलेको विश्लेषण गर्न थालेका छन् ।

स्वतन्त्रका बालेन साहले मेयर जितेपछि उनलाई असफल बनाउन केही शक्ति नै लागेको चर्चा भइरहेको छ । अर्को पक्षले बालेन असफल भएको विश्लेषण गरिरहेका छन् । फोहोरमा राजनीतिक हुँदा हैजा फैलने खतरा बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१