नेपालको प्रारम्भीक टोलीमा मेहबुब र राजकुमार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७१, सोमबार १२:३८

बैशाख, काठमाडौँ । एसीसी प्रिमियर लिग क्रिकेटका लागि १८ सदस्यीय प्रारम्भीक टोलीको घोषणा भएको छ । टोलीमा मेहबुब आलम र भेट्रान खेलाडी राजकुमार प्रधान पनि परेका छन् ।

यू-१९ का कप्तान भुवन कार्की, आरिफ शेख, पुष्प थापा, यज्ञमान कुमाल र रामनरेश गिरी पनि टोलीमा परेका छन् । सोमबार सम्पन्न एकदिवसीय राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा सात खेलाडी प्रारम्भीक टोलीमा परेका हुन् ।

टोलीमा परेका आरिफ एकदिवसीय राष्ट्रिय क्रिकेटका प्लेयर अफ दि टुर्नामेन्ट समेत हुन् । उनले ६ खेलमा ११ विकेट लिएका थिए भने २ सय ६१ रन बनाएका थिए । वीरगञ्जलाई राष्ट्रिय क्रिकेटको च्याम्पियन बनाउन उनको महत्वपूर्ण योगदान छ ।

यस्तै भेट्रान लेल स्पीनर प्रधान एकदिवसीय राष्ट्रिय क्रिकेटका वेष्ट बलर हुन् । उनले ५ खेलमा १६ विकेट लिएका थिए । क्षेत्र नम्बर एक बिराटनगरका कप्तान थापा एकदिवसीय राष्ट्रिय क्रिकेटका उत्कृष्ट व्याट्सम्यान समेत हुन् । उनले ५ खेलमा २ सय ११ रन बनाएका थिए ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, सोमपाल कामी, शक्ति गौचन, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सुवास खकुरेल र अमृत भट्टराई पनि छन् ।

विश्वकप खेलेको नेपाली टोलीका जितेन्द्र मुखियासँगै राहुल विश्वकर्मा, प्रदिप ऐरी र अनिल मण्डल टोलीमा परेनन् । नियमित अभ्यासमा रहे पनि उनको ढाडमा चोट लागेको छ । विश्वकप खेलेका १६ खेलाडीले भने यो प्रतियोगिता बहिस्कार गरेका थिए ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१