सामाजिक अभियन्ता तथा मिडियाकर्मी मन्दिरा शर्मा पनि स्वतन्त्र उम्मेदवारी दिने तयारीमा : यस्ता छन् उनका योजनाहरु

evccfn@gmail.com' rastriyakhabar
२७ श्रावण २०७९, शुक्रबार ०९:३०

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरे संगै देशै भरीको राजनैतिक माहोल तात्तिएको छ ।

जताततै बाट स्वतन्त्र उम्मेदवारी घोषणा भएको समाचारहरु प्रशारण भइरहेका छन् ।

यसैविच सामाजिक अभियन्ता तथा मिडियाकर्मी मन्दिरा शर्मा पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरीरहेको बाउनुभएको छ ।

पुरानो राजनैतिक संस्कारबाट देशलाई संमृद्ध बनाउन नसकिने भन्दै उहाँले नयाँ योजनाको साथमा उम्मेदवारी घोषणा गर्ने बताउनुभएको हो ।

यस्ता छन् मन्दिरा शर्मा पौडेलका योजनाहरु

* वृद्ध हरुलाई भत्ता कटौती गरेर सुविधा सम्पन्न वृद्धाश्रम को व्यवस्था गर्ने। जहाँ सबै किसिमको हेरचाह हुनेछ।

*हिमाली भेगमा साहसिक खेल को लागि पूर्वाधार विकास गरेर अन्तर्राष्ट्रिय स्तर का प्रतियोगिता आयोजना गर्ने ।

* सबै शहरमा स्मार्ट शौचालय र प्रतिक्षालय को व्यवस्था गर्ने।

* प्रत्यक्ष निर्वाचित कार्यकारी को व्यवस्था गर्न पहल गर्ने।

* समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न पहल गर्ने र सांसद संख्या र मन्त्री संख्या नी घटाउने।

* राजनीतिक दल का सबै भातृ संगठन खारेज गरिने।

* सरकारी कर्मचारी र शिक्षक संग सम्बन्धित सबै संघ संगठन खारेज गरिने, कुनै दल संग आबद्ध हुन चाहेमा सेवा बाट राजीनामा दिनु पर्ने।

* नेपालको नागरिकता त्यागेर विदेशी भएकाहरूलाई पुन नेपाल प्रवेश मा प्रतिबंध लगाउने।

* देश लेटर खाएका हरुको छानबिन गर्दा,२०४६ साल यताका सबै लाभको पदमा रहेका नेता , कर्मचारी साथै उनीहरूका नातेदार सहितको सम्पत्ती छानबिन गरि श्रोत नखुलेको सबै चलअचल सम्पती राज्यकोषमा जम्मा गर्ने र कडा भन्दा कडा सजाय को व्यवस्था गर्ने ।

* नीति निर्माणमा हस्तक्षेप गर्ने र नेपाली धर्म,सँस्कृति र पहिचान बिरोधी आइएनजीओहरुलाई समय नै तोकेर नेपाल छोडेर जान आदेश दिने र यस्ता संस्था बाट कुनैपनि सहयोग नलिने।

* सांसद लाई नीति निर्माण बाहेक अर्थ (बजेट) विनियोजन को पाटोमा निष्क्रिय बनाउने।

* नेपाल भरिको जमीन सरकारको स्वामित्व मा राख्ने र सरकार संग लिज मा लिएर प्रयोग गर्न पाउने।

* खेती योग्य जमीन मा कुनै पनि निर्माण कार्य गर्न नपाउने।एकीकृत बस्ती विकास गरिने।

* नेपालमा उत्पादन गरिने र गर्न सकिने कृषिजन्य बस्तु र मदिराको आयात पूर्ण प्रतिबन्ध लगाउने।

* देशमानै सबै विषय मा अध्यापन गराउने गुणस्तरीय शैक्षिक संस्थाको उचित व्यवस्थापन गर्ने र विदेशी लाई नेपालमा पड्न आउने वातावरण बनाउने।

* सबै सरकारी शिक्षक,कर्मचारी र सार्बजनिक पद धारण गरेका व्यक्तिले आफ्नो परिवार का सदस्य लाई सरकारी विद्यालय र कलेज मा मात्र पढाउन पाउने।

* भारतीयहरूलाई बिना वर्कपरमिट नेपालमा कामगर्न प्रतिबन्ध लगाउने ।

* १५० सि सि भन्दा माथिका सबैखाले २ पाङ्ग्रे आयातमा प्रतिबन्ध लगाउने।

* जुनसुकै विकास साझेदारले वा विदेशी नियोगहरुले प्रत्यक्ष जनतामा गइ कुनैपनि कार्यक्रम गर्न र लगानी गर्न नपाउने।

* नेपाल सरकार र मातहतका निकायहरुमा र सबै लाभको पदमा रहने ले स्वदेशी उत्पादन

मात्र प्रयोग गर्ने।

* राज्य बाट पाउने सेवा सुविधा सबैलाई समानता का आधारमा दिने।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१