संसदको चुनावमा जुन दलले जितेको थियो सोही दलले पाउने गरी मोडालिटी बन्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७९, शुक्रबार ०५:४९

काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको कामले गति लिएको छ । प्रारम्भिक छलफलमा दलहरुबीच अहिले प्रत्यक्षतर्फ जुन दलको बहालवाला सदस्य छन् सोही स्थानमा सोही दलले टिकट पाउने लगभग सहमति बनेको छ । विशेष परिस्थितिमा भने सिट फेरबदल गर्नेबारे पनि विकल्प राख्ने गरी तयारी छ ।

कार्यदलको बैठकपछि माओवादी नेता देव गुरुङ्गले २०७४ को निर्वाचनलाई आधार बनाउने मोटामोटी सहमति बनेको खुलासा गरे । उक्त मोडालिटीमा जाँदा माओवादीको ३६ सिट सुनिश्चित हुन्छ । माओवादी केन्द्रले ५० सिट दाबी गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको १२ सिट सुनिश्चत हुन्छ । उसले ३३ सिट दाबी गरेको छ । नेपाली काँग्रेसको भने २३ सिट मात्र जितेकाले उक्त सिट सुनिश्चत हुन्छ । उसले कम्तिमा ९० सिट दाबी गरेको छ ।

मोडालिटी अनुसार २०७४ मा जितेको सिट पाउने भएमा जसपाले ११ सिट सुनिश्चित गर्नेछ । त्यसमा बाबुराम भट्टराई र महेन्द्र राय यादवको सिट पनि जोड्दाको संख्या हो । दुवैले जसपा छाडिसकेका छन् । राष्ट्रिय जनमोर्चाको एक सिट सुनिश्चित हुन्छ ।

जितेको सिटमा सोही दलकै उम्मेदवार खडा हुने मोडालिटी बनेमा काठमाडौंमा काँग्रेसले ४, नेकपा एसले २, ललितपुरमा नेकपा एस र माओवादी केन्द्रको ११ सिट सुनिश्चित हुन्छ । एमालेले जितेका बाँकी सिट र नेमकिपाले जितेको एक सिटमा गठबन्धनबीच बाँडफाँट हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१