आज जनैपूर्णिमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७९, शुक्रबार ०५:३७

काठमाडौं । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ ।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो ।

यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । पूर्णिमाका दिन नयाँ जनै लगाउने तागाधारीले बिहानी उठी नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तर्षिलाई तर्पण गरी जलसेचन गराइएको जनै धारण गर्ने परम्परा छ । उनीहरू पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।

डोरो शरीर सुरक्षा ‘कवच’का रूपमा रहेको भन्दै पण्डित माधवप्रसाद शर्मा बन्धनले विभिन्न विकार र दूषित कीटाणुबाट रक्षा गर्ने बताउँछन् । ‘संसार विश्वासमा अडिएको छ,’ उनी भन्छन्, ‘कोरोनाजस्ता भाइरसलाई स्वास्थ्य सावधानी अपनाएमा हामीले बाँध्ने रक्षा बन्धनले त्यसविरुद्ध लड्ने आत्मविश्वासमा मद्दत पुग्न सुक्छ ।’

जनाई लगाउने तागाधारीले गोबर, माटो, कुस लगाएर पवित्र जलाशयमा गएर स्नान गरी दतिवन वा अपामार्गले दाँत माभ्mने र पञ्चगव्य खाएर नयाँ जनै फेर्ने गरिएको संस्कृतिविद् बताउँछन् । पूर्णिमाका दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र वशिष्ठलगायत सप्तर्षिलाई तर्पण दिने गरिएकाले यसलाई ‘ऋषि तर्पणी’ भन्ने गरिएको हो ।

पूर्णिमाका दिन पुरोहितले यजमानका हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धाँगो बाँध्नाले शरीर रक्षा हुने विश्वास रहिआएको छ । ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल’ मन्त्र पढ्दै ब्राह्मणले यजमानको नाडीमा बाँधिदिन्छन् ।

धार्मिक विश्वास
भविष्यपुराणका अनुसार महारानी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एक सूत्र ¬धागो आप्mना पति देवराज इन्द्रको हातमा बाँधेर आप्mना तमाम शत्रुदेखि श्रावण शुक्ल पूर्णिमाकै दिन अभयदान दिएकीले त्यसकै सम्झना र विश्वासमा स्वर्ण, अक्षता, सस्रयूं, दुबो, सर्वौषधि आदि पदार्थद्वारा वैदिक मन्त्रोच्चारणसाथ अभिमन्त्रित रक्षाबन्धन बाँध्ने चलन छ ।

पुरोहितद्वारा रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने परम्परा छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट रक्षा बन्धन चलेको धार्मिक विश्वास छ ।

रक्षाबन्धन धागो महिलाका बायाँ नाडीमा र पुरुषको दायाँ नाडीमा बाँध्ने चलन छ । यस दिन बाँधिएको धागो तिहारमा लक्ष्मीपूजाको दिन गार्ईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । डोरो गाईको पुच्छरमा बाँधे मरेपछि त्यही डोरो समातेर वैतरणी नाघिने कथन छ ।

नेपाल समुदायमा ‘क्वाँटी’
ठूलो केराउ, सानो केराउ, भटमास, गेडा सिमी, बोडी, गेडा मास, गेडा मुङ, चना, मस्यामलगायत नौ थरीका गेडागुडी मिसाइएको क्वाँटी आजका दिन खाने चलन छ ।

साउनमा मनसुनी झरी परिरहने हुँदा मानिसहरूको स्वास्थ खराब भई चिसो लाग्ने, ज्वरो आउनेजस्ता रोग लाग्ने हुँदा क्वाँटी खाँदा शक्ति बढाई रोगसँग लड्ने क्षमता बढाउने विश्वास छ ।

पूर्णिमाका दिन नेवार समाजमा भ्यागुतोलाई भात ख्वाउने अर्थात् ‘ब्यांजा नकेगु’ भनेर सिमीको पातमा भात, क्वाँटी, मासु, मुला, भ्यागुते पूmल राखेर कृषक आप्mना खेतमा र अन्यले घरको दैलामा राख्ने चलन छ ।

विभिन्न प्रकारको स्वरबाट वर्षा र खेती’bout कृषकलाई जानकारी दिने भ्यागुताले गठेमंगलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको हो ।

गुंपुन्हीको चार दिनअगाडि चाँगुनारायण देउतालाई हनुमान ढोकामा लगिन्छ । ‘जनैपूणिर्माका लागि क्वाँटी भिजाए भयो भन्ने’ सन्देश दिन यसो गरिएको भनिन्छ । तराईमा भने पूर्णिमाका दिन दिदीबहिनी दाजुभाइलाई दीर्घायु र सुरक्षा कामना गर्दै राखी बाँध्ने गर्छन् । पूर्णिमाका दिन भगवान् गौतम बुद्धले आप्mनो काम शक्तिमाथि विजय प्राप्त गरेको प्रसंग बौद्धग्रन्थको ललित विस्तारमा उल्लेख छ ।

भ्रममा नपर्न आग्रह
नेपाल पञ्चांग निर्णायक विकास समितिले यो वर्षको जनैपूर्णिमा (रक्षाबन्धन) र गार्ईजात्रा एकैदिन शुक्रबारै मनाउन अपिल गरेको छ ।

‘जनैपूर्णिमा र गार्ईजात्रा शुक्रबार एकैदिन परेको’ भन्दै टिकाटिप्पणी भइरहँदा समितिले बिहीबार विज्ञप्ति निकालेर भ्रममा नपर्न आग्रह गरेको हो ।

धर्मशास्त्र, परम्परा र संस्कृतिमा असर पर्ने भ्रामक टिकाटिप्पणी र प्रचारप्रसार भएकाले आमजनमानसमा भ्रम सृजना भएको ठहर समितिले गरेको छ । बिहीबार सूर्योदय पूर्णिमा तिथिमा नभएकाले शुक्रबार मात्र जनैपूर्णिमा मनाउन भनिएको हो ।

आज शुक्रबार ४ घडीभन्दा कम समय पूर्णिमा तिथि भएकाले प्रतिपदामा मनाइने गाईजात्रा पनि सोही दिन मनाउनुपर्ने समितिले स्पष्ट पारेको छ । यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै अवस्था परेको र सो सालमा एकैदिन जनैपूर्णिमा र गार्ईजात्रा मनाइएको समितिले स्मरण गराएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१