‘धर्मनीरपेक्ष जगाइराख्न’ ईश्वरको नाममा सपथ लिनुनपर्ने गरी विधेयक पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०७९, बिहीबार ०५:२७

काठमाडौं । अब सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयता लिंदा ईश्वरको नाममा लिएपनि हुने नलिएपनि हुने गरी व्यवस्था भएको छ । ईश्वरको नाममा सपथ लिन नचाहनेले देश र जनताको नाममा सपथ लिने विकल्प राखेर विधेयक प्रतिनिधि सभाबाट पातिर भएको हो ।

बुधबार बसेको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित गरेको हो । यसअघि ईश्वरको नाममा मात्र सपथ लिने व्यवस्था थियो । कतिपयले ईश्वरको नाममा सपथ लिन नमान्ने गर्दथे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वरको नाममा सपथ लिन नमानेर त्यो पर्दैन भनेका थिए ।

देशमा धर्मनीरपेक्ष संविधानमै उल्लेख भएपछि ईश्वरको नाम उच्चारण गर्न कतिपय नेताहरुले मानेका छैनन् । विशेषगरी कम्युनिस्ट पार्टीका नेताहरु ईश्वरको नाममा सपथ लिन तयार छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०