बजेट भाषण अनुसार १५ प्रतिशत तलव वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०७९, मंगलवार ०५:४६

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण अनुसार नै तलव बृद्धि गर्ने आश्वासन दिएका छन् । अर्थमन्त्री शर्मालाई भेट्न पुगेका ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा बजेट भाषण अनुसार नै तलव वृद्धि गर्ने शर्माले बताएका हुन् ।

कर्मचारीका नेताहरुले मन्त्री शर्मालाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए । अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै तलव वृद्धि गर्ने बताएको स्रोतले जनाएको छ ।

गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–८० को बजेटमा सबै कर्मचारीहरुको तलव १५ प्रतिशत बढाइने उल्लेख गरिएको थियो ।

आन्दोलित कर्मचारीले आज सिंहदरबारमा ‘पेन डाउन’ गर्ने, भोलि बिदामा बस्ने र अर्थमन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्य मन्त्रालयका सचिवलाई मागको विषयमा एसएमएस गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१