झाँक्रीलाई जिताउन देउवा र प्रचण्डले दिए वचन, गुल्मी-२ बाट चुनाव उठ्ने रामकुमारी झाँक्री कहाँबाट चुनाव लड्छिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०७९, मंगलवार ०५:३६

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री कहाँबाट चुनाव लड्छिन भन्ने अहिले चासोको विषय बनेको छ । पछिल्लो समय झाँक्री काठमाडौंबाटै चुनाव लड्ने चर्चा चलेको छ ।

उनी काठमाडौं २ बाट उठ्ने तयारीमा रहेको चर्चा चलेपनि गठबन्धनका शीर्ष नेताहरुले भने उनलाई गृहजिल्ला गुल्मीबाटै उठ्न सुझाव दिएका छन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसमेत झाँक्रीलाई गुल्मीबाटै चुनाव लड्न र जिताउने जिम्मा लिएको चर्चा छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले पनि गठबन्धनले नै साझा उम्मेद्धवार बनाउने भएपछि गुल्मीबाटै चुनाव लड्न आग्रह गरेको बुझिएको छ । गुल्मी झाँक्रीको गृहजिल्ला हो । यो क्षेत्रमा ०७४ मा नेकपा (एमाले) का प्रभावाली नेता गोकर्ण विष्टले चुनाव जितेका थिए ।

यसपटक पनि एमाले सचिवसमेत रहेका नेता विष्ट नै चुनाव उठ्ने निश्चित् छ । गठबन्धनले साझा उम्मेद्धवारको रुपमा झाँक्रीलाई उठाउने भएपछि उनको जित निश्चित् रहेको अड्कलबाजी सुरु भएको छ । आजबाट सत्ता गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलले छलफल थालेको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलबीच सिटको बाँडफाँडको मोडालिटी तय गर्न कार्यदल गठन भएको छ । कार्यदलको संयोजक भने कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तोकिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०