पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ।
आइतबार बसेको नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले आगामी सन् २०२३ जनवरी १ (पुस १७) देखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
बैठक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ ज्युको अध्यक्षतामा बसेको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया